• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मितेरी सहकारीको रकम हिनामिना गरेरका भण्डारी कम्बोडियाबाट पक्राउ

  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित

काठमाडौँ, असार ५  । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको रकम हिनामिना गरी फरार ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

मितेरी सहकारीको रकम हिनामिना गरी विगत डेढ वर्षदेखि फरार भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत गत कात्तिकमा रेडकर्नर नोटिस र  डिफ्युजन नोटिससमेत जारी भएको थियो ।

फरार भण्डारी कम्बोडियामा लुकीछिपी बसेको सुराकीपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरेको थियो । डिफ्युजन नोटिस फरार आरोपित लुकेको देश पत्ता लागेमा इन्टरपोलमार्फत सम्बन्धित देशको राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) लाई सिधै पक्राउका लागि अनुरोध गरिन्छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सहकारीको करोडौँ रकम हिनामिना गरी फरार रहेका भण्डारी कम्बोडियामा लुकेर बसेको सूचनापछि सिआबीको अनुरोधमा प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलमा रेड नोटिससँगै डिफ्युजन नोटिससमेत जारी गरिएको बताउनुभयो ।

भण्डारी कम्बोडियामा पक्राउ परेसँगै नेपाल ल्याउन प्रहरी प्रधान कार्यालय अन्तर्गतको इन्टरपोलको एक टोली कम्बोडिया पुगेको थियो ।

बोगटीका अनुसार सहकारीका बचतकर्ताको ठुलो रकम हिनामिना गरी भण्डारी भागेर थाइल्यान्ड पुगेको र त्यहाँबाट कम्बोडिया पुगेको अनुसन्धानबाट खुलेको थियो । सहकारीका सदस्यसमेत नरहेका र कुनै जिम्मेवारीमा नरहेका भण्डारीले झन्डै १५ करोड रुपियाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । रकम हिनामिना गरी थाइल्यान्ड पुगेका भण्डारीले अवैध रूपमा क्रिप्टोकरेन्सीमा लगानी गरेको आशङ्का गरिएको छ ।

भण्डारीको ठगी शृङ्खला 

इन्टरपोलमार्फत कम्बोडियामा पक्राउ परेका भण्डारीको ठगी र किर्ते शृङ्खला लामो भेटिएको छ । बर्दिया र काठमाडौँबाट छुट्टाछुट्टै दुई वटा नागरिकता लिएका भण्डारीसँग काठमाडौँ र कास्कीबाट दुई वटा छुट्टाछुट्टै पासपोर्टसमेत लिएको फेला परेको छ ।

मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा कुनै जिम्मेवारीमा नरही सदस्यसमेत नभएका भण्डारीको मुख्य योजनामा १४ करोड ८१ लाख रुपियाँ हिनामिना भएको पाइएपछि बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो ।

सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समितिले गरेको अध्ययनमा सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले ज्योतिबहादुर भण्डारी, ज्योति गुरुङ, सुजन शाक्य, हितमान थापा र प्रकाश थापालगायतको संलग्नता रहेको बयान दिनुभएको थियो ।

रकम हिनामिनाका अर्का आरोपी ज्योति गरुङलाई पक्राउ गर्न इन्टरपोलमार्फत गत कात्तिकमा नै रेडकर्नर नोटिस जारी भइसकेको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नीसमेत हुनुहुन्छ । बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालय तथा संसदीय छानबिन समितिको सिफारिसमा सहकारी ठगीबारे सिआइबीले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ ।

विभिन्न व्यक्तिले भण्डारीबाट ठगिएको भनी उजुरी दिएपछि काठमाडौँ प्रहरी परिसरले छुट्टाछुट्टै ठगी प्रकरणमा तीन वटा पक्राउ पुर्जीको अनुमति लिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी अनुसार मितेरी सहकारीको रकम हिनामिनामा फरार भण्डारी थाइल्यान्डमा बसी पुनः मितेरी सहकारीका सञ्चालक र पदाधिकारीलाई रकम फिर्ता गर्ने प्रलोभनमा उल्टै थप तीन करोडसमेत ठगेको भनी सिआइबीमा उजुरी परेको छ ।

सहकारीको रकम हिनामिना फिर्ता गर्ने भनी थप रकम माग गरेपछि सहकारीका सञ्चालक र पदाधिकारीले आफ्नो निजी सम्पत्ति र घरसमेत बेचेर थप रकम बुझाएको खुलेको छ ।

बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.