• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

धमाधम भित्रिँदै मल

  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित

वीरगन्ज, असार ११ । वीरगन्ज नाका भएर रासायनिक मल धमाधम भित्रिएको र मल आपूर्तिकर्ता संस्थाको भण्डारमा पनि पर्याप्त मल रहेका कारण विगतका वर्षमा जस्तो यस वर्ष धान बालीका लागि रसायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका मधेश प्रदेश कार्यालयले दिएको विवरण अनुसार यस वर्ष मलको अभाव हुँदैन ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा अहिले पनि रसायनिक मल (डिएपी र युरिया) करिब २० हजार मेट्रिक टन मौज्दात छ । त्यसै गरी फरक फरक कन्साइन्मेन्टको १६ हजार र ३० हजार गरी ४६ हजार मेट्रिक टन आउँदै गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार हाल कार्यालयको वीरगन्जस्थित गोदाममा पाँच हजार ४५० मेट्रिक टन युरिया, १२ हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार ३४० मेट्रिक टन पोटास मौज्दात छ ।

उहाँका अनुसार आपूर्तिकर्ता कम्पनी सन इन्टरनेसनलले पठाएको १६ हजार मेट्रिक टन अन्तर्गतको एक र्‍याक युरिया मल गत बिहीबार आइपुगेको छ । एक र्‍याक र अर्को कन्साइन्मेन्टको ३० हजार टन युरिया पनि कोलकातामा छ । यसरी ३० हजार टन युरिया पनि भित्रिने तयारीमा कोलकातामा रहेकाले यस वर्ष बर्खे बालीका लागि रासायनिक मलको अभाव नहुने भएको हो ।

मधेश प्रदेशको कलैया, चपुर, ढल्केबर, नवलपुर र बागमती प्रदेशको सिन्धुली काठमाडौँ, धुलिखेल, त्रिशूली, गजुरी, हेटौँडा, भरतपुर अनि गण्डकी प्रदेशको पर्वत, पोखरा र दमौली कार्यालयमा वीरगन्ज कार्यालयबाटै ढुवानी भएर रासायनिक मल जाने गरेको छ । पर्सा र गोरखा जिल्लाका लागि प्रादेशिक कार्यालय वीरगन्जबाट वितरण गर्ने गरिएको प्रमुख पाण्डेयले बताउनुभयो ।

हाल भित्रिन थालेको मलको आपूर्तिमा कुनै बाधा अवरोध नभए रोपाइँ हुनुअघि नै सबै मल भित्रिइसक्ने उहाँले दाबी गर्नुभयो ।

त्यसै गरी ३० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार १८ हजार मेट्रिक टनको कन्साइन्मेन्ट अन्तर्गत दुई हजार पाँच सय मेट्रिक टन युरिया वीरगन्ज आइपुगेको छ । अर्को एक र्‍याक (दुई हजार पाँच सय मेट्रिक टन) युरिया मल मङ्गलबार–बुधबारसम्म वीरगन्ज आइपुग्ने र बाँकी पनि छिटै भित्रिने उहाँले दाबी गर्नुभयो ।

त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जले बफर स्टकमा चार हजार मेट्रिक टन रासायनिक मल रहेको जानकारी दिएको छ । कुल आयात भएको मलको १० प्रतिशत भोलिको दिनमा अत्यावश्यक पर्दा तत्काल वितरण गर्न बफरस्टक राख्ने गरिएको बताइएको छ ।

स्थानीय तहलाई कोटा 

प्रदेश सरकारले नै कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जमार्फत पर्साका १४ वटै पालिकालाई वितरण गरिने रासायनिक मलको कोटा निर्धारण गरेको छ ।

निर्धारित युरिया मल भने स्थानीय तहको सिफारिस लिएर आएका सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जबाट वितरण गरिने कर्पोरेसनको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछाने जानकारी दिनुभयो ।

बुधबार, असार ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.