• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित

काठमाडौँ- एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ ।उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो । यो हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन् ।

यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन् । सावित्रा भण्डारी ‘साम्बा’को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् ।

यो जितसँगै उज्वेकिस्तानले पहिलोपटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।

त्यसअघि खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडी परेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरी गर्‍यो ।

पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन् ।

यस्तै नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले एक गोल गरिन् । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो । उसका लागि खाबीबुलेएभाले गोल गरिन् ।

यस्तै खेलको १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो ।

खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन् । खेलको ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन् ।

मध्यान्तरपछिको खेलको ७०औँ र ७१औँ मिनेटमा साम्बाले लगातार गोल गरिन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि खेलको पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहन पुगेको थियो ।

आइतबार, असार २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.