काठमाडौं ,साउन २३
फ्राइडे रिलिज अन्तर्गत आज साउन २३ गते शुक्रवारदेखि देशभरिका सिनेमा हलहरुमा चलचित्र ‘सिटोमाल’ र ‘मोहर’ प्रदर्शनमा आएका छन् ।यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘सिटोमाल’ र ‘मोहर’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘सिटोमाल’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट बहुप्रतिक्षीत चलचित्र ‘सिटोमाल’ प्रदर्शनमा आएको छ।चलचित्र ‘सिटोमाल’ लाई राज बहादुर सानेले निर्देशन गरेका हुन् ।
चलचित्र ‘सिटोमाल’ मा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
‘मोहर’
फ्राइडे रिलिज अन्तर्गत अर्को बहुप्रतिक्षीत चलचित्र ‘मोहर’ पनि रिलिजमा आएको छ। चलचित्र ‘मोहर’लाई ओम प्रतिकले निर्देशन गरेका हुन् ।
चलचित्र ‘मोहर’मा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले पश्चिम नेपालमा केही वर्ष अघिसम्म विद्यमान देउकी प्रथाको विषयलाई उठान गरेको छ ।
चलचित्रमा दिपेन बस्न्यातको डीओपी, भुपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समिर मियाँको भिएफएक्स तथा सत्यम रानाको सिजिआई छ । ‘मोहर’लाई नलेखिएको नियमको कथा भनिएको छ ।


