• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

विजय बराल र वर्षा राउतको चलचित्र ‘मालती मंगले’को कार्यशाला सुरु

  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित

काठमाडौं , भाद्र ०८
भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू सहभागी रहेका छन्।

वर्कसपको क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले भने, “पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठुलो मद्दत पुर्‍याएको छ। दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन्।” त्यसै गरी अभिनेत्री वर्षा राउतले वर्कसपलाई आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा लिएको बताइन्। उनले भनिन्, “यो चलचित्र पारिवारिक भावनासँग जोडिएको छ। वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु।”

‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईँले तयार पारेका छन्। चलचित्रको छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन्। सह निर्माता रविन श्रेष्ठ र बाबु सुवेदी, छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, गीतकारहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र सङ्गीतकारहरू हरि लम्साल, राजनराज सिवाकोटी, उज्ज्वल सागर रहेका छन्।निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ।

आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.