• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

जेनजी आन्दोलन प्रभाव:न्यूनतम क्षति एक खर्ब ८० अर्ब

  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित

काठमाडौँ, असोज १० गते । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर करिब एक खर्ब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको देखिएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो ।

आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण यस्तो क्षति देखिएको हो । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपियाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले यस्तो जानकारी गराउनुभएको हो ।

जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकालगायत देशभर सरकारी कार्यालय तथा सवारीसाधनमा क्षति पुगेको थियो । काठमाडौँमा सिंहदरबारपरिसरभित्रका विभिन्न मन्त्रालय तथा सवारीसाधन, सर्वोच्च अदालत सङ्घीय संसद् भवनदेखि देशभरका विभिन्न प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय निकायका विभिन्न कार्यालयमा व्यापक तोडफोड, लुटपाट तथा आगजनी भएको थियो ।

मन्त्री घिसिङका अनुसार यो अनुमान प्रारम्भिक सूचनाका आधारमा मात्रै गरिएको हो । “हामीले विस्तृत अध्ययनका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगमार्पmत प्राविधिक टिम परिचालन गरिसकेका छौँ,” घिसिङले भन्नुभयो, “देशभर सार्वजनिक सम्पत्तिमा ठुलो परिमाणमा क्षति भएको देखिएको छ, प्रारम्भिक आकलनमा एक खर्ब रुपियाँ जति क्षति भएको हामीले आकलन गरेका छौँ ।”

क्षतिको मूल्याङ्कनका लागि विभिन्न प्राविधिक संस्थाले स्वेच्छिक रूपमा सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो । यकिन विवरण प्राप्त हुन भने केही समय लाग्ने उहाँको भनाइ छ ।

प्राप्त विवरण अनुसार गण्डकी प्रदेशका स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार मन्त्रालयबाहेकका सबै प्रादेशिक कार्यालय ध्वस्त भएका छन् । बागमती प्रदेशका २६ कार्यालय तथा ६० वटा भवन जलेर नष्ट भएको जनाइएको छ । कर्णाली प्रदेशका प्रदेश सभा भवन, मुख्य मन्त्रीको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालयलगायतका संरचना ध्वस्त छन् ।

गोरखापत्रले गरेको प्रारम्भिक आकलन अनुसार सरकारी स्वामित्वका सवारीसाधनतर्फ मात्रै देशभरमा एक हजार २६, चारपाङ्ग्रे सवारीसाधन नष्ट भएको छ । लोडर ब्याकहोलदेखि साना सवारीसाधन यसमा समेटिएका हुन् । त्यस्तै दुईपाङ्ग्रेतर्फ एक हजार ९८३ वटा सवारीसाधन जलेको प्रारम्भिक आँकडा छ । सरकारले यससम्बन्धी विवरण भने सार्वजनिक गरिसकेको छैन ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाले पनि निजी क्षेत्रतर्पmको क्षतिको विवरण करिब ८० अर्ब रुपियाँ भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार महासङ्घले जिल्ला जिल्लाका संयन्त्रमार्फत यससम्बन्धि विवरण सङ्कलन गरिरहेको छ ।

निजी क्षेत्रतर्फ सबैभन्दा धेरै भाटभटेनी सुपरस्टोरको मात्रै एक अर्ब रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान छ । विदेशी लगानीको होटेल हिल्टन जल्दा करिब छ अर्बको क्षति भएको दाबी गरिएको छ ।

तोडफोड र आगजनीकै कारण दसैँको मुख्य सिजनमा चन्द्रागिरि केबुल कार, मौलाकालिका केबुलकार पनि क्षतिग्रस्त बनेका छन् । चौधरी ग्रुपको सिजी पार्क जलेर खरानी भइसकेको छ । यसको विस्तृत विवरण आउन बाँकी छ ।

देशका विभिन्न स्थानमा रहेका होटेलदेखि मलमा रहेका पसलमा लुटपाट तथा आगजनी हुँदा साना व्यवसायीले पनि अपूरणीय क्षति बेहोरेका छन् ।

शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.