काठमाडौं , असोज १३
फ्राइडे रिलिज अन्तर्गत आज साउन २३ गते शुक्रवारदेखि देशभरिका सिनेमा हलहरुमा चलचित्र ‘बलिदान’ ,‘माइतीघर’र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आएका छन् ।यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘बलिदान’ ,‘माइतीघर’र ‘हरिबहादुरको जुत्ता’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘बलिदान’ ’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट बहुप्रतिक्षीत चलचित्र ‘बलिदान’ ’ प्रदर्शनमा आएको छ।चलचित्र ‘बलिदान’ लाई सन्तोष सेनले निर्देशन गरेका हुन् ।
चलचित्र ‘बलिदान’ ’ समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।
‘माइतीघर’
फ्राइडे रिलिज अन्तर्गत अर्को बहुप्रतिक्षीत चलचित्र ‘माइतीघर’पनि रिलिजमा आएको छ। चलचित्र ‘माइतीघर’ लाई मिलन तामांगले निर्देशन गरेका हुन् ।
चलचित्र ‘माइतीघर’ मा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ
रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् ।रामशरण पाठकको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । फिल्मका सह–सम्पादक अंकित तिवारी हुन् ।रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा चलचित्र निर्माण भएको हो ।
यस्तै, फिल्मले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ ।
‘हरिबहादुरको जुत्ता’
यस्तै फ्राइडे रिलिज अन्तर्गत अर्को बहुप्रतिक्षीत चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आएको छ। चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।


