काठमाडौं , असोज १४
दशैँको फूलपाती अर्थात हिजोबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले दोश्रो दिन पनि बिहानबाट दर्शकको बलियो साथ पाएको छ। पहिलो दिन अधिकांश शो हाउसफुल सहित व्यापार गरेको चलचित्र दोस्रो दिन पनि देशभर हाउसफुल व्यापार गरिरहेको छ।
वर्ड अफ माउथ बलियो भएको कारण हलहरुले शो संख्या बढाएका छन्। चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य रिलिजको दिन देखी नै हलहलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेका छन् । हरिवंशलाई भेट्दा दरेशक उत्साहीत बनिरहेका छन्।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।


