• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चलचित्र ‘बलिदान’ लाई दर्शको बलियो साथ ,हलमा दर्शकको हुटिङ र ताली

  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित

काठमाडौं , असोज १४
बडादसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले रिलिजसँगै दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिनमै हलहरू खचाखच भरिएका थिए भने दोस्रो दिन पनि त्यस्तै दर्शक चापसहित प्रदर्शन निरन्तर रहेको छ। काठमाडौंदेखि बाहिरी जिल्लासम्म हलभित्रको माहौल दर्शकको हुटिङ, ताली र उत्साहले ‘मास इन्टरटेनिङ’ अनुभव दिलाएको छ।

चलचित्र हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने चलचित्र पहिलो पटक बनेको महसुस गरेको बताए। कतिपय दर्शकलाई चलचित्रभरि आमा र छोराबीचको प्रेम र त्यागको कथाले गहिरो भावनात्मक असर पारेको छ। धेरैलाई अन्त्यसम्म कहिले आँसु झर्‍यो भन्ने थाहा नै भएन। कोही–कोही दर्शकले चलचित्रले अहिलेको देशको यथार्थपरक परिस्थितिलाई अघि नै लेखेर पर्दामा उतारेको रहेछ भन्ने अनुभव सुनाए।

प्रमुख अभिनेता समीर भट्टको अभिनय र एक्सन दुवैलाई दर्शकले निकै दमदार भनेका छन्। कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा पनि चित्रण गरे। अर्का दर्शकहरूले भने सम्पूर्ण कलाकारहरूको अभिनयले चलचित्रलाई अझ बलियो बनाएको उल्लेख गरेका छन्। त्यस्तै, धेरैले चलचित्रको कथा र प्रस्तुतीकरण यति सशक्त लागेको भन्दै ‘बलिदान’को दोस्रो भाग पनि बन्नुपर्ने चाहना प्रकट गरेका छन्। धेरै युवाहरूले चलचित्रले देशप्रेमको बारेमा आफूलाई ‘मोटिभेसन’ दिएको समेत बताएका छन्।

हाल यो चलचित्र २ सय ५० भन्दा बढी शो सङ्ख्यासहित देशभर प्रदर्शन भइरहेको छ। काठमाडौंका विभिन्न हलमा निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी र पवन बिस्ट, साथै कलाकार समीर भट्ट, ऋचा शर्मा, प्रजल दुलाललगायत उपस्थित भई प्रत्यक्ष दर्शकसँग भेटघाट गरिरहेका छन्। उनीहरूले दर्शकको उत्साह र प्रतिक्रियालाई चलचित्रको ठुलो उपलब्धि बताएका छन्।

‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.