काठमाडौं , असोज १५
दसैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘बलिदान’ , ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले घरेलु बक्सअफिसमा ठीकठाक व्यापार गरेका छन् । मंगलबार नेपाली बक्सअफिसमा तीन फिल्मले पहिलो दिनको तुलनामा केही कम कमाइ गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस @सिनेपा’ एपका अनुसारसन्तोष सेनद्वारा निर्देशित फिल्म ‘बलिदान’ ले दुई दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ ग्रस व्यापार छ । पहिलो दिन ‘बलिदान’ ले ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको हो । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको छ।
यता दीपेन्द्रकुमार खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँ ग्रस व्यापार छ। पहिलो दिन २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँ ग्रस व्यापार गरेको हो । फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
यस्तै मिलन तामाङद्वारा निर्देशित र रोहित अधिकारीद्वारा निर्मित फिल्म ‘माइतीघर’ ले दुई दिनमा ३८ लाख ६३ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो दिन १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १९ लाख ६७ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ। फिल्ममा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारको अभिनय रहेको छ ।


