• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

बधिया भालेबाट मनग्य आम्दानी लिँदै किसान

  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित

दाङ, असोज १७ गते । दाङस्थित घोराही उपमहानगरपालिका –१३ का हर्क चौधरीले परम्परागत शैलीमा घरमा लोकल चल्ला पाल्दै आउनुभएकोथियो । गाउँको एकजना दाजुले लोकल भालेलाई बधिया बनाएपछि मासु खानको लागि स्वादिष्ट हुने बताएपछि उहाँले घरमा भएका दुर्इटा भालेलाई बधिया बनाउनुभयो । बधिया भाले बनाएको ६ महिनापछि उक्त बधिया भालेको मासु खाँदा फरक स्वाद भएपछि उहाँले थप अरु भालेलाई बधिया बनाएको बताउनुभयो ।

‘दाङमा थारु समुदायमा पहिलेदेखि लोकल भालेलाई बधिया भाले बनाउने चलन रहेछ, उहाँले भन्नुभयोे “आफूले पनि घरमा खानका लागि २–४ वटा लोकल भालेलाई बधिया भाले बनाउँथे तर, त्यसबेला बधिया भालेको बजार थिएन, सायद प्रचारप्रसार नभएरपनि होला ।”  पछि आफूले फेसवुकमार्फत बधिया भालेको प्रचारप्रसार गरेपछि विस्तारै बििधया भालेको माग हुन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “त्यसपछि मैले व्यावसायिक रुपमा २०७३ बाट बधिया भाले पाल्न थाले । अहिले एउटा बधिया भाले तीन हजार रुपियाँमा बेच्दै आएको छ ।” विगत ८ वर्षदेखि उहाँ यही पेशामा लागिरहनुभएका हर्कले भन्नुभयो, “घरको अन्य काम पनि गर्न मिल्ने र अन्य व्यवसायभन्दा सजिलो र राम्रो आम्दानी हुने भएकाले यो व्यवसायीमा लागेको हुँ ।”

उहाँ अहिले बर्षमा ४०० भन्दा बढी बधिया भाले बनाउने गरेको बताउनुभयो । अहिलेको लत सकियो, अब अर्को लतको  लागि तयारी गर्दैछु, उहाँले भन्नुभयो । राम्रो स्याहार गरे वर्षमा ८ देखि १० लाखसम्म आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । लोकल भालेभन्दा अझ मिठो र फरक स्वादिलो हुने हुनाले धेरैले बधिया भाले मन पराउने गरेको हर्कको भनाइ छ ।

“कोहीले फार्ममै किन्न आउनुहुन्छ, कोही फोन गरेर मगाएपछि हामीले घरसम्म डेलिभरी गरेर पनि छोडिदिन्छौ, जिल्लामा अहिले धेरैले बधिया भाले बनाएकाले यता त्यति बिक्रि हुदैन । आफुले बधिया भाले बनाएर काठमाडौं, पोखरा र बुटवलसम्म पठाउँछु ।” यस्तै, देउखुरीको लमही –६, देउपुरमा रहेको बुह्रान बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कमल जंगसिंह ठकुरीले बर्षेनी एक हजार बधिया भाले उत्पादन गरी काठमाडौं, पोखरा, चितवनजस्ता शहरमा आपूर्ति गर्दै आउनुभएको छ ।

६ वर्षअघि फर्मको स्थापना गरेर ३० कठ्ठा क्षेत्रफलमा बधिया भाले पाल्दै आउनुभएको छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रहेका ठकुरी प्रारम्भमा परम्परागत कृषि प्रणाली परिवर्तन गर्न चुनौती भए पनि निरन्तर प्रयास, लगानी र आधुनिक सोचले फर्मले प्रदेशमै नमुना रूप लिएको उहाँले बताउनुभयो ।  कृषिलाई व्यावसायिक रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने ठकुरीको विश्वास छ ।

यस्तै घोराही उपमहानगरपालिकाका –६ लख्वारका निमबहदुर चौधरी पनि विगत ७ बर्षदेखि बधिया भाले पाल्दै आउनुभएको छ । उहाँले बधिया भालेसँगै लोकल चल्ला पनि पाल्दै आएको बताउनुभयो । बधिया भालेबाट राम्रो आम्दानी हुने भएकाले विगत ७ बर्षदेखि बििधया भाले पाल्दैआएको छु, उहाँले भन्नुभयो,  लोकल भोलेलाई बधिया बनाउँदा ६ महिनामा एउटा भाले तीन हजारमा विक्री हुन्छ, तर लोकल भाले बेच्दा जम्मा एक हजार पाँचसय आउछ ।

बधिया बनाउदा फाइदा हुने भएकाले आफुले बदिया भाले बनाउदै आएकोे उहाँले बताउनुभयो । व्यावसायिक रुपमा बधिया भाले बनाएर पाल्दै आएका दाङमा धेरै रहेको पशु प्राविधिक भेटनरी अस्पताल दाङ शाखाका अधिकृत भरत देवकोटाले बताउनुभयो ।

दाङमा धेरै पहिलादेखि लोकल भालेलाई बधिया बनाएर खाने चलन थियो, पछि यसलाई व्यावसायिक रुपमा लगिएको छ, उहाँलेभन्नुभयो “हामी कहाँ पनि धेरै किसानहरुले बधिया भाले बनाइदिनुपर्यो भनेर बोलाउनुहुन्छ, हामी घरमै गएर बधिया भाले बनाइदिन्छौ ।”

एउटा बधिया भाले बनाएको तीनसय रुपियाँ लिनेगरेका उहाँले बताउनुभयो । गाउँघरमा सिकेकाहरुले एक सयदेखि दुर्इ सयसम्म लिनेगरेका बताउनुभयो ।

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.