काठमाडौं , असोज २९
दुई खेल बाँकी छँदै नेपाल सन् २०२६ मा हुने टी२० विश्वकप क्रिकेटका लागि छनौट भएको छ। योसँगै तेस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बुधबार साओमविरुद्ध ७७ रनको जित निकालेसँगै नेपाल र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गरेका हुन् ।
नेपाल र ओमानबीच आज राति सुरु हुने प्रतीक्षित खेलअगावै यी दुवै टोली टी२० विश्वकपका लागि छनोट भएका हुन्।सन् २०२६ को फेब्रुअरी र मार्चमा हुने टी२० विश्वकप क्रिकेट यो पटक भारत र श्रीलङ्कामा हुँदैछ।
तपाईको प्रतिक्रिया


