• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित

चितवन, असोज ३०
भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेको हो।

दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै निर्माण हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। हिन्दी र नेपाली दुबै भाषामा निर्माण हुने यस फिल्ममा साङ्गीतिक पक्ष पनि दुबै भाषामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्ने यो फिल्म नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको छ। हाल फिल्म प्री–प्रोडक्सनको चरणमा रहेको र २०२६ मा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जानकारी दिएको छ।

फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्। हाल फिल्मका प्राविधिक कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ।
अक्स इन्टरनेशनल स्टुडियोजका अनुसार, भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली यस प्रोजेक्टमा संलग्न हुनेछन्। यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूहहरू संलग्न हुने भएकाले फिल्मको प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

प्री–प्रोडक्सनसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया पनि अगाडि बढिरहेको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म २०२५ को अन्त्यतिर फ्लोरमा जाने तयारीमा छ।

सार्वजनिक गरिएको थिम क्यारेक्टर पोस्टरले फिल्मका मुख्य भूमिकाहरूलाई चित्रण गरेको छ। पोस्टरबाटै फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत मिलेको छ।निर्माण पक्षका अनुसार, ‘मोना लिसा (ब्लडी लभ)’ले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषय प्रस्तुत गर्नेछ।यसै फिल्ममार्फत नेपाली फिल्म उद्योगले अन्तर्राष्ट्रियस्तरमा नयाँ सम्भावना देखाउने अपेक्षा गरिएको छ।

बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.