• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

एनपिएलमा काठमान्डुमाथि सुदूरपश्चिमको २९ रनको जित

  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ०३
साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो ।

दोस्रो सिजनमा सुखद सुरुवात गरेको सुदुरपश्चिमले पहिलो जितसँगै दुई अङ्क बनाएको छ । दुई खेल खेलेमा पहिलो काठमान्डुको पनि दुई अङ्क छ । यसअघि काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।

काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाउनुभयो । जोन सिम्पसनले २४, भिम सार्कीले १२ र मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाउनुभयो ।

काठमान्डुलाई निरास बनाउन बलिङमा सुदूरपश्चिमका हेमन्त धामी, हर्मित सिंह स्कट कग्जेजिनले दुई दुई तथा इशान पाण्डे, नरेन साउद र अविनास बोहराले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।पावरप्लेमै चार विकेट गुएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो ।

हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो ।

उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो । यस्तै इसान पाण्डेले २५ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा काठमान्डुका कप्तान करण केसीले चार विकेट लिनुभयो । उहाँले चार ओभरका ३० रन खर्चिएर चार विकेट लिनुभएको हो । मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले दुई दुई विकेट लिनुभयो ।

एनपिएल अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबिच साँझ ४: ०० बजे प्रतिस्पर्धा हुनेछ ।

 

एनपिएल हेर्नेलाई नि:शुल्क बस सेवा

एनपिएलको डे–नाइट अ‍ेल हेरेर फर्कन दर्शकका लागि नि:शुल्क बसको ब्यवस्था गरिएको छ ।युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिविको तल्लो गेट र ल्याब स्कुलको अगाडिबाट बिभिन्न रुटमा नि:शुल्क बसको ब्यवस्था गरेको हो ।

क्रिकेट खेल हेरेर फर्किने महिला, वृद्ध र अशक्तहरुको सेवाका लागि बेलुकी ६ बजेदेखि आठ बजेसम्म बसको ब्यवस्था गरिएको छ । क्यानले बस सेवा सञ्चालन गर्नको लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरेको छ ।

बुधबारदेखि सुरु भएको नि:शुल्क बस सेवा फाइनल खेलको दिनसम्म हुनेछ । रुट एकको नि:शुल्क बस त्रिवि गेटबाट सुरु भई स्वयम्भू हुँदै बालाजु पुग्नेछ ।

यस्तै रुट दुईको त्रिवि गेटबाट सुरु भई स्वयम्भू, बालाजु हुँदै महाराजगञ्जसम्म, रुट तीनको बस त्रिवि गेटबाट सुरु भई बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौशाला हुँदै चाबहिलसम्म र रुट चारको बस त्रिवि गेटबाट सुरु भई बल्खु र सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।

बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.