• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

सिक्किममा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर, आजदेखि भारतमा रिलिज

  •   शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित

गान्तोक – नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बीच सम्पन्न भएको हो।

प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथि रहिन्। त्यसै गरी सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको उपस्थिति उल्लेखनीय रह्यो। नेपालबाट अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, डिओपी चिन्तन राज भण्डारी, सम्पादन कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्माताहरु सहित अन्य टिमको उपस्थिति थियो।

प्रमुख अतिथि राईले चलचित्रप्रति प्रशंसा व्यक्त गरिन्। “एसली प्रोडक्सनले नेपाली भाषीहरूबिचको एकता झल्काउने यस्तो मिठो चलचित्र सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु। भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि नेपाली भाषीहरूको भावना, संस्कृति, र परम्परा एकै हो भन्ने सन्देशले निकै छोयो। ‘ऊनको स्वीटर–२’ पनि हेर्ने चाहना छ,” उनले सिक्किम सरकारले नेपाली भाषाका चलचित्रलाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सिक्किमबाट पनि यस्तै स्तरका फिल्म निर्माण हुने अपेक्षा व्यक्त गरिन्।

निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ चलचित्र प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ धेरै राम्रा नेपाली चलचित्र नियमित रूपमा रिलिज हुने मार्ग खुलेको उनले बताए।

प्रिमियरमा उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक यसरी भव्य प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपालमा यति उत्कृष्ट चलचित्र बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए। दर्शकहरूले यस्ता स्तरका फिल्महरू नियमित आउने हो भने आफ्नो पहिलो रोजाइ नेपाली चलचित्र नै हुने बताए।

चलचित्र आजदेखि भारतका १४ प्रमुख हलहरूमा प्रदर्शनमा आएको छ। यसमा दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आईएनओएक्स गान्तोक, तथा सिलिगुडीका सिनेमा सिटी सेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमाहरू लगायत समावेश छन्। नयाँ दिल्ली, असाम लगायतका स्थानहरूमा भने आगामी हप्ता रिलिज हुने बताइएको छ। बिहीबार शो खुल्ने बित्तिकै टिकट बिक्री उत्साहजनक रूपमा अग्रिम बुकिङसहित सुरु भएको देखिएको थियो।

गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईले सिक्किम सरकारले दिएको सहयोगप्रति आभार व्यक्त गरे। उनले भने, “सिक्किम सरकार र स्थानीय समुदायले देखाएको साथले भविष्यमा नेपाली चलचित्रको उपस्थिति भारतभर उल्लेखनीय बनाउन मद्दत गर्नेछ। ‘ऊनको स्वीटर’ हाम्रो पहिलो प्रयास हो, र यसले बलियो सङ्केत दिइसकेको छ।”

यसअघि बुधवार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा हजारौँ दर्शक सहभागी भएका थिए। नेपालबाट आएका कलाकार र सुजन चापागाईँको लाइभ प्रदर्शनले वातावरण रोमाञ्चक बनाएको थियो।

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ। नेपालमा करिब १२ करोड रुपैयाँ कमाएर वर्षकै सफल मध्ये एक चलचित्र बनेको ‘ऊनको स्वीटर’ भारतमा पनि त्यही लोकप्रियता दोहोर्‍याउने अपेक्षा लिइएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँले, सङ्गीत निर्देशक कोविद बज्रले, छायाङ्कन चिन्तन राज भण्डारीले , सम्पादन तथा रङ्ग संयोजन कृष्ण भण्डारीले गरेका छन्।

शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.