• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मौलाकाली केवलकार आजदेखि संचालनमा आउने

  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित

गैंडाकोट, मंसिर ०६ । नवलपुरको गैंडाकोटमा अवस्थित मौलाकाली केवलकार शनिबारदेखि संचालनमा आउने भएको छ । गत भाद्र २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा २ महिनाभन्दा लामो समयपछि पून: सुचारु हुन लागेको हो ।

भाद्र २४ गतेको तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केवलकारको सेवा बन्द थियो । केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आई केवलकार पुनर्निर्माण गरेका हुन् ।

पुनर्निर्माण पछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टीमले लामो समय चेकजाँच गरेपछि केवलकार संचालनमा ल्याउन लागेको स्टेशन म्यानेजर सुरज पौडेलले बताए । “केवलकार संचालनमा आएर करीब एक हप्तासम्म विभिन्न सुक्ष्म परीक्षणहरु गरी सम्पूर्ण रुपमा ठीक भएको पाइएपछि बल्ल हामीले आम सर्वसाधारणका लागि खुल्ला गरेका हौं” – पौडेलले भने, “सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले केवलकार चल्न थालेको एक हप्तासम्म धेरै सुरक्षा जाँचहरु गरेर बल्ल संचालनमा ल्याएका छौं” ।

स्टेशन म्यानेजर पौडेलका अनुसार अब केवलकार पूर्ववत तालिका अनुसार बिहान ६ बजेदेखि राती १० बजेसम्म संचालन हुनेछ । केवलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो । होटलको सेवा यथावत नै भए पनि केवलकार नै नचलेपछि सेवाग्राही ग्राहकहरु नै कम आउने गरेका थिए ।

अब केवलकार संचालनमा आएपछि होटलका सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिन सकिने इला रिसोर्ट तथा मौलाकाली केवलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताए “यो अवधिमा पनि होटल त खुल्ला नै थियो तर पनि केवलकार नै नभएपछि सेवाग्राहीहरू निकै नै कम आउनुहुन्थ्यो” केसीले भने । अब भने केवलकार पून: संचालनमा आएसंगै होटलमा पनि धेरै सेवाग्राही आउने र आफूहरुले अझै गुणस्तरीय सेवा प्रदान गर्ने केसीको भनाई छ ।

केवलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको पाइएको छ । केवलकार संचालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा पछिल्लो समय केवलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल नै निकै कम देखिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । “मन्दिरमा धेरै भक्तजनहरु आउने दशैं तिहारको बेलामा पनि यसपालि भक्तजन धेरै आएनन, अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा भेटी पनि निकै कम चढ्यो” सापकोटाले भने ।

२०८० साल वैशाखदेखि संचालनमा आएको मौलाकाली केवलकारबाट करीब ६ लाख सेवाग्राहीले सेवा लिईसकेका केवलकारको तथ्यांक छ ।केवलकार संचालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै आर्थिक रुपमा समेत यसले मौलाकालिका मन्दिर, सामाजिक संघसंस्था तथा विभिन्न सरकारी निकायमा उल्लेख्य योगदान गरेको छ ।

शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.