• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

मेरा सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु : निर्देशक पौडेल

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित

काठमाडौँ- निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।

आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ।

दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाली सिनेमाले अहिले राम्रो व्यापार गरिरहेको अवस्था छ। अन्तरवार्ताका लागि आउँदै गर्दा म जमल हुँदै आइरहेकी थिएँ । विश्वज्योति अगाडि नेपाली सिनेमाका तीनवटा पोस्टर देखेपछि खुसी लाग्यो । यसले मेरो सिनेमाप्रति सकारात्मक अनुभूति थपिदियो । मेरा सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु। शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु।’

न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गर्दा उनले विभिन्न देशका विद्यार्थीको सिनेमाप्रतिको दृष्टिकोण नजिकबाट अवलोकन गर्ने अवसर पाइन् । आधारभूत रुपमा धेरै फरक नभए पनि भावना अभिव्यक्तिको शैली समाज र परिस्थितिले फरक बनाउने अनुभव उनको छ । यही कारण ‘हर्ष’मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन्।

नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाबलाई ‘हर्ष’ले उठान गरेको पौडेल बताउँछिन् ।

‘छ-सातवटा स्क्रिप्टमध्येबाट मैले यो छनोट गरेँ । यसले उठाएको विषयमा सार्वजनिक बहस हुनु आवश्यक छ । यदि दर्शकले यसलाई राम्रोसँग बुझे भने यो विषय अझ व्यापक रूपमा अघि बढ्नेछ । सिनेमाले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ’, उनी थप्छिन्।

महिला निर्देशक र महिला-केन्द्रित कथावस्तुको कारण सिनेमाले महिलाको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसबारे पौडेल भन्छिन्, ‘मैले प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेकी छु।’

सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.