• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

फिल्म‘परालको आगो’को छायांकन,बैशाख ११ गते रिलिज हुने

  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित

काठमाडौँ , मंसिर ०९
सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार सकाएको हो। फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक फरक लुक्सका तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले बताए।

उनले भने,‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु।’उनले साथी भाईको फिल्मलाई सम्मान गर्दै आफ्नो डेटमा अरुले फिल्म नजुधाई दिन समेत आग्रह गरे।उनले थपे,‘एकैचोटी धेरै फिल्म हलमा निर्माता तथा हल ब्यावसायी हरुको पनि धेरै नोक्सानी हुन्छ। ग्यापमा आउंदा निर्माता र हल दुबैपक्षलाई फाईदा होस भन्ने सोचले सबै मेजर डेट छोडेर बैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु।’

उनले फिल्मको चार वटा गीत सहित सम्पुर्ण छायांकन पुरा भएको र रिलिज डेट समेत तोकेको बताए। उनले जेनजी आन्दोलन चलिरहेको बेलामा यो फिल्मको छायांकनमा अवरोध भएता पनि टेक्निसियन तथा निर्देशकको खटाईले काम चाँडो सकिएको बताए। उनका अनुसार यो फिल्मको छायांकन सेड्युल ३० दिनको थियो। तर फिल्मका कलाकार,टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन,वर्षा र पहिरोको कारण सेड्युल भन्दा १० दिन ढिला छायांकन सकिएको निर्माता पोखरेलले जानकारी दिए।

‘परालको आगो’ हिमाली नयनाभिराम लोकेसनमा ४० दिन लगाएर नेपाली माटोको सुगन्ध आउने चलचित्रलाई ठुलो क्यानभासमा छायांकन गरेका छौँ। निर्माता पोखरेलले भने,‘काम पनि एकदमै उम्दा भएको छ। सौगात मल्ल,प्रकाश सपुत,सुहाना थापादेखि बाल कलाकार एन्जिला बानियाँसम्म एकदमै राम्रो काम गर्नु भएको छ।’साथै करिब ६०० जना जुनियर आर्टिष्टमा खर्च गरेर कठिन परिस्थितिमा पनि फिल्मको राम्रो लोकेसन र कथाको मर्म अनुसार नै फिल्मको काम गरेको बताए।

उनले थपे,‘अहिलेको समयमा कन्टेन नै बलियो हुनुपर्छ। हाम्रो कन्टेन नै बलियो छ र धेरै राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ। फिल्मका लागि सबै कुरामा कम्प्रमाइज गरेका छैनौँ।’गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल,प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनिया रहेकी छन्।

यो फिल्मलाई कलाकारहरुले आफ्नो भुमिकालाई सशत्त बनाउनका लागि काठमाडौंमा वर्कसप समेत गरेको थिए। त्यसैले पनि निर्माता पोखरेल यो फिल्म राम्रो बनेकोमा ढुक्क देखिएका छन्।

सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन्। यस फिल्ममा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसै गरि संगीतकारकमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ।
गत भदौ २६ गतेदेखि म्याग्दीबाट छायांकन सुरु भएको यो फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् भने फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मा लिएको यो फिल्मको वितरण आर.आर फिल्मस र ओटीटी राईट ओएसआरले रिलिज पुर्वनै महंगो रकममा लिईसकेको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो भने यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए । जुन फिल्म अत्याधिक सफल पनि भएको थियो।

मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.