• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

‘अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

  •   शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित

काठमाडौं , मंसिर १३
‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ ।लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ । केही संयोगहरूबीच रिलिज हुने ‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने ? भन्ने प्रश्नमा केही जवाफ छन् ।

पहिलो कारण– यो सिनेमा कामेश्वर चौरसियाको पहिलो लिड रोल रहेको चलचित्र हो । दुई दशक चलचित्रमा काम गरेपछि उनले पहिलोपटक सोलो लिडको अवसर पाएका छन् । त्यसैले आफूलाई प्रमाणित गरेर देखाउन पनि उनले कडा मेहनत गरेका छन् ।

दोस्रो कारण– लक्ष्मी बर्देवाको पनि यो पहलो लिड रोल भएको चलचित्र हो । उनले यसअघि पटकपटक अन्य चलचित्रमा पनि सोलो लिडमा काम गरेकी थिइन् । चारवटा चलचित्र रिलिज रोकिएर बस्दा उनले मुख्य भूमिकामा काम गरेका कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् ।

लक्ष्मीले सोलो लिड रहेको रिलिज हुने ‘अभिमन्यु’ पहिलो चलचित्र हुुनेछ । त्यसैले लक्ष्मीको लिड रोल रहेको चलचित्र कस्तो रहेछ जान्न पनि यो चलचित्र हेर्नुपर्नेछ ।

तेस्रो कारण– ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले बनाएको चलचित्र हो, ‘अभिमन्यु’ । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा मात्रै करिब ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेर अहिलेसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको थियो ।ऐतिहासिक रुपमा सफल चलचित्रका निर्माताले बनाएको दोस्रो चलचित्र कस्तो छ भनेर थाहा पाउन पनि यो सिनेमा हेर्नुपर्नेछ ।

चौथो कारण– निर्माता विनोद पौडेलले दोस्रो रोजाइमा रहेका कलाकारलाई लिएर ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक रूपमा सफल बनाए । अहिले पनि उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा जस्तै कसैले पनि सोलो लिडमा नलिएका कलाकारलाई लिएर चलचित्र बनाएका छन् । त्यसैले यो पटक पनि उनले किन रिस्क लिएर फेरि पनि अरुले लिडमा अफर नगरेको कलाकारलाई लिएर चलचित्र बनाए त्यसका लागि पनि यो सिनेमा हेर्नुपर्नेछ । केही न केही सबल पक्ष नभइ उनले पक्कै पनि यो रिस्क लिएनन् होला, त्यसैले पनि यो सिनेमा हेर्नुपर्नेछ ।

पाँचौँ कारण– निर्माता पौडेलले यो पटक चलचित्र एउटा भोजपुरी फ्लेबरको गीत बनाएका छन् । मुुख्य अभिनेता मधेसी मुलको राखेका छन् । पूरै मधेसको विषयमा चलचित्र बनाएका हुन् अथवा के छ कथा ? यसका लागि पनि ‘अभिमन्यु’ हेर्नुपर्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।
यो चलचित्र भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.