• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

कृषिबाटै तेह्र करोडको सम्पत्ति

  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

अर्घाखाँची, मङ्सिर १४ गते । अर्घाखाँचीका एक कृषक कृषि पेसाबाटै ठुलो आर्थिक उन्नति गर्न सफल हुनुभएको छ । सन्धिखर्क नगरपालिका–८ निवासी कृषक पुष्करनाथ बजान्डेले विगत तीन दशकदेखि निरन्तर व्यावसायिक खेती गर्दै झन्डै १३ करोड रुपियाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति आर्जन गर्न सफल हुनुभएको छ ।

२०७२ सालतिर शिक्षा क्षेत्रमा केही समय बिताउनुभएका उहाँले वास्तविक आम्दानी कृषिमै हुने बुझेपछि पूर्ण रूपमा यही पेसामा लाग्नुभयो । अहिले उहाँसँग काठमाडौँमा एक घर, बुटवल, काठमाडौँ र सन्धिखर्कमा आधा दर्जन घडेरी, कृषिमार्फतै जोडिएको धनसम्पत्ति साथै परिवारको प्रगतिको सुन्दर कथा छ । उहाँ खुसी हुँदै भन्नुहुन्छ, “कृषिले नै छोरालाई चार्टर्ड एकाउन्टेन्ट बनाउन सफल भएँ, श्रीमतीलाई ४४ तोला सुन जोडिदिन सकेँ ।”

बजान्डेले आफ्नो २५ रोपनी पाखोबारी र पाँच रोपनी खेतलाई उदाहरणीय कृषि क्षेत्रमा परिणत गर्नुभएको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि सिमी हाइटेक र स्थायी टनेल प्रयोग गरिन्छ । काउली, बन्दा, टमाटर, घिरौँला, काँव्रmोलगायतका तरकारीको निरन्तर उत्पादन हुने यो फर्ममा १०÷१२ जनाले स्थायी रोजगारी पाएका छन् । तरकारी मात्र होइन, उहाँ कफी उत्पादन र प्रशोधनमा पनि त्यत्तिकै सफल हुनुहुन्छ । कफीका लागि रोस्टर, हेलर, ग्राइन्डर, प्याकेजिङदेखि ल्याब टेस्टसम्मका संरचना दर्ता गरेर उहाँले व्यवस्थित रूपमा सञ्चालन गर्दै आउनुभएको छ । सरकारका विभिन्न निकाय कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट संरचना निर्माणमा सहयोग पाउनुभएका बजान्डेले सिँचाइका लागि पोखरी र पक्की ट्याङ्की निर्माण गरेर वर्षैभरि खेतीलाई सिँचाइको प्रबन्ध मिलाउनुभएको छ ।

बजान्डेको कफी अमेरिका, जापान, कोरिया र अस्ट्रेलियासम्म पुग्ने गर्छ । विदेशी व्यापारीले सिधै सम्पर्क गरेर कफी खरिद गर्ने भएकाले उहाँले यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय बजारमा माग राम्रो भए पनि ठुलो मात्रामा निर्यात गर्न चुनौती रहेको बताउनुभयो । जिल्लाका किसानलाई प्रेरित गर्न उहाँले कफीको नर्सरीमा बेर्ना उत्पादन गरी वितरण पनि गर्दै आउनुभएको छ ।

सन्धिखर्क बजारबाट करिब चार किलोमिटर पश्चिम पुग्दा बजान्डेको घरवरिपरि फैलिएको हरियाली मन लोभ्याउने खालको छ । तरकारी फर्म, फलफूल बगैँचा, कफी बोट, साथै भैँसी र गाईसमेत पालेर उहाँले दुध उत्पादन गरेर बिव्रmी गर्नुहुन्छ । यिनै गतिविधिबाट उहाँको वार्षिक आम्दानी एक करोड रुपियाँभन्दा बढी रहेको सन्धिखर्क नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख रामबहादुर थापाले भन्नुभयो, “बजान्डे कफी तथा तरकारी उत्पादनमा जिल्ला स्तरकै सफल उद्यमी हुनुहुन्छ । उहाँबाट धेरै किसानले सिक्न सके कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सकिन्छ ।”

उहाँ कृषि अध्ययन तथा विभिन्न तालिम लिएर सिपयुक्त बन्नुभएको हो । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “बजान्डे सफल मात्र होइन, उदाहरणीय कृषक हुनुहुन्छ, उहाँको सिपलाई समूहगत रूपमा किसानमा प्रसार गर्ने योजना बनाएका छौँ ।” परिश्रम, सिप र प्राविधिक ज्ञानको संयोजनले पुष्करनाथ बजान्डे आज अर्घाखाँचीका सबैभन्दा सफल कृषकका रूपमा परिचित हुनुहुन्छ, जसले प्रमाणित गर्नुभएको छ कि कृषि पेसाबाट पनि करोडौँ कमाउन सकिन्छ ।

आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.