• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित

पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२-८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।

गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो ।

चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट ५ अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार राजस्व सङ्कलन गरेको हो । राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।

काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ ।

अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजारको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४१ लाख ३२ लाखले बढी हो । चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।

प्लाइउड निर्यातमा ५२.७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा १ अर्ब २५ करोड ७२ लाख ५९ हजार बराबरको प्लाइउड निर्यात भएकामा चालु आवको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजारको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ६६ करोड २२ लाख ४१ हजारले कमी हो ।

यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकोमा चालु आवमा ३८ करोड ६२ लाख ६८ हजारको निर्यात भएको छ । जुत अघिल्लो आवको तुलनामा २२ करोड १७ लाख ६८ हजारले बढी हो ।

कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ । चालु आवको चार महिनामा ३७ करोड ९९ लाख १२ हजारको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

अम्रिसो निर्यातमा २३।९ प्रतिशतले गिरावट आएको छ । २६ करोड २५ लाख ६३ हजार बराबरको अम्रिसो निर्यात भएको छ । अदुवा र सुठो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको छ । २४ करोड २४ लाख १६ हजार बराबरको अदुवा र सुठो निर्यात भएको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवमा ११ करोड ३१ लाख ९१ हजार बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । ९ करोड १२ लाख ८७ हजार बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो ।

चालु आवमा ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ ।

सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.