• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

फल्चामा गुन्जिए नारायणगोपाल र झलकमानका गीत

  •   शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित

गण्डकी , मंसिर २० । इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । शुक्रबार साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरूलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति सुन्न र हेर्न दर्शकहरु लालयित देखिन्थे ।

स्वरसम्राट नारायणगोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त साङ्गीतिक साँझको आयोजना गरिएको थियो । बर्सेनि मङ्सिर १९ गते नारायणगोपाल र मङ्सिर ६ गते झकलमानको स्मृति दिवस मनाउने गरिन्छ । पोखराको रेडियो अन्नपूर्णले झलकमान गन्धर्व सारङ्गी पाठशालासँगको सहकार्यमा मौलिक स्वरूपमा यो कार्यक्रम गरेको हो । पाठशालाका बालकलाकारले खचाखच दर्शकमाझ नारायणगोपाल र झलकमानका गीत सुनाए । उनीहरुको गायन र वाद्यवादन कला हेरेर दर्शकदीर्घाले ताली र हौसला दिएका थिए ।

सारङ्गी र मादलको धुनमा स्वरस्रमाट नारायणगोपालका गीत पृथक् सुनिएका थिए । उनीहरुले नारायणगोपालका ‘केही मिठो बात गर…’ लगायत चर्चित गीत सुनाए । ‘आमाले सोध्लिन् नि…’ बाट गाउन सुरु गरेका बालकलाकारले झलकमानका ‘रामराम राम गए वनैमा…’, ‘राधा पियारीको…’ को आदि गाए । बालकलाकार अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुति राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिए ।

नेपाली सङ्गीत जगत्का दुई मुर्धन्य प्रतिभाको स्मृति दिवससँगै रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर‘ स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए । कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शुभारम्भ गरेका थिए ।

सारङ्गी पाठशालाका प्रतिभाको सम्मानसहित थप अवसर सिर्जना गर्ने प्रयास स्वरूप कार्यक्रममा वडा कार्यालयले पनि सहकार्य गरेको वडाध्यक्ष मर्सानीले बताए । उनले कला, सङ्गीत र साहित्यको श्रीवृद्धिका लागि हातेमालो गर्न महानगरपालिका र वडा कार्यालय सधैँ तयार रहेको बताए । कवि एवं संस्कृतिकर्मी श्रेष्ठले गायक नारायणगोपाल र झलकमानको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा कला तथा सङ्गीतप्रेमी दर्शकको बाक्लो उपस्थिति थियो ।

रेडियो अन्नपूर्णले बर्सेनि नारायणगोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ । रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा महानगरपालिका–१४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, कास्कीमा स्टेशनरी सामग्री वितरण गरेको थियो ।

यस्तै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोसाक सहयोग लगायतका कार्यक्रम गरिसकेको छ । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमको मुख्य प्रवर्द्धक पोखरा महानगरपालिका–९ कार्यालय रहेको थियो ।

शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.