• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’को भव्य प्रिमियर सम्पन्न ,उत्कृष्ट प्रतिक्रिया

  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

काठमाडौं , मंसिर २५ । यही मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’को भव्य प्रिमियर बुधबार बेलुका सम्पन्न गरिएको छ। क्यूएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर हलमा गरिएको प्रिमियरमा पत्रकार, कलाकार तथा चलचित्र क्षेत्रका अग्रजहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रिमियर शोमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, सफल निर्देशक दीपाश्री निरौला, वरिष्ठ अभिनेत्रीहरू गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, अभिनेता सलिनमान बनियाँ, निर्मल शर्मा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, गायिका देविका बन्दना लगायत दर्जनौँ कलाकार र सेलिब्रेटीहरू सहभागी भएका थिए।

अभिनेत्री रेखा थापाले फिल्म उत्कृष्ट बनेको भन्दै नयाँ कलाकारहरूको अभिनयले आफू प्रभावित भएको प्रतिक्रिया दिइन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पनि निर्देशक शोभित बस्नेत र सम्पूर्ण टिमको काम प्रशंसनीय रहेको उल्लेख गर्दै “हरेक नेपालीले हेर्नैपर्ने फिल्म” भनेर प्रतिक्रिया दिए।

प्रिमियरमा उपस्थित अधिकांश कलाकारले पनि फिल्म मन परेको प्रतिक्रिया दिए। अभिनेता सलिनमान बनियाँले नयाँ कलाकारहरूको अभिनय परिपक्व देखिएको बताउँदै, “डेब्यु फिल्मका हिसाबले निकै उत्कृष्ट काम गरेका छन्,” भने।

फिल्मका निर्देशक शोभित बस्नेत भने कलाकारहरूले पाएको स्नेह देखेर भावुक बने। उनले भने, “हलभित्र छिर्दा कसैले नचिनेका यी कलाकार बाहिर निस्कँदा दर्शकले फोटो खिच्न होडबाजी गरेको देख्दा गर्व लाग्यो। यसले मेरो फिल्म राम्रो दिशामा गएको महसुस भयो।”

फिल्मले अस्ट्रेलियामा स्थायी आवास (पीआर) पाउन नेपाली विद्यार्थीले गर्नुपर्ने संघर्ष र घरपरिवारको आर्थिक दायित्वसँग जुध्नुपर्ने अवस्थालाई कथाको केन्द्र बनाएको छ। नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको फिल्मले वैदेशिक अध्ययनको सामाजिक यथार्थलाई उठाएको निर्देशक बस्नेत बताउँछन्। अभिनेत्री रेजिना उप्रेतीले पनि फिल्मका केही दृश्यहरूले आफू भावुक बनेको प्रतिक्रिया दिइन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा देखिन्छन्।

रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहालको छ। बन्दे प्रसादले सम्पादन गरेका छन् भने लेखन गणेश बुढाथोकीको हो। फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरण आरआर फिल्म्सले गर्नेछ।फिल्म यही शुक्रबार (मंसिर २६)देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.