काठमाडौँ , पुष ०१
नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – Song of Grandmother’ निर्माण हुने भएको छ ।चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सले सहकार्य गर्ने भएका हुन् ।
विकास सुबेदीको लेखन तथा निर्देशन रहने यस चलचित्रका निर्माता सुवास भुषाल (नेपाल) रहेका छन् । चलचित्रको कार्यकारी निर्माताको जिम्मेवारी अमेरिकाका क्रिस बेरुटीले सम्हाल्नेछन् । निर्माण टिमका अनुसार चलचित्रको पोस्ट–प्रोडक्सनको काम पोल्याण्डमा गरिनेछ ।
मेटा–मोडर्न फिलोसोफिकल ड्रामा जनरामा निर्माण हुने बताइएको ‘शिरजरा – Song of Grandmother’को कथावस्तु भने हाल गोप्य राखिएको छ ।
हाल प्रि–प्रोडक्सनको चरणमा रहेको चलचित्रको छायांकन फेब्रुअरी २०२६ देखि सुरु हुने जनाइएको छ । चलचित्रका कलाकार तथा प्राविधिक टिमबारे केही दिनभित्रै जानकारी सार्वजनिक गरिने निर्माता भुषालले बताएका छन् ।


