काठमाडौं , पौष ०७
चलचित्र विकास बोर्डले पछिल्लो साता नेपाली फिल्महरूको बक्स अफिस नतिजा सार्वजनिक गरेको छ । ५ पुससम्मको कलेक्सन समेटिएको सार्वजनिक विवरणअनुसार, हाल प्रदर्शनमा रहेका फिल्महरूमध्ये ‘परान’ सबैभन्दा अगाडि देखिएको छ ।
विवरण अनुसार ‘परान’ले हालसम्म रु. १७ करोड ६१ लाख ५ हजार २८८ कमाउँदै उत्कृष्ट व्यावसायिक सफलता कायम राखेको छ । यस फिल्मबाट रु. ६२ लाख ५ हजार ६२५ बराबरको टिकट बिक्री भएको बोर्डले जनाएको छ ।
यस्तै, ‘पीआर’ले रु. ६ लाख ६८ हजार ६३३ ग्रस कमाएको छ भने यसको २ हजार १०९ टिकट बिक्री भएको छ । सोही गरी फिल्म ‘हर्ष’ले रु. २८ लाख ७८ हजार ५३६ ग्रस कमाएको छ । यसको टिकट बिक्री संख्या ८ हजार ८६६ रहेको छ ।
फिल्म ‘अभिमन्यु’ले रु. २१ लाख ४८ हजार ७०२ ग्रस आम्दानी गरेको छ भने ६ हजार ८५० टिकट बिक्री भएको देखिन्छ । त्यस्तै, ‘लोकन्ती’ले रु. ४ लाख १ हजार ३४० आम्दानी गर्दा फिल्मका १ हजार ३५७ टिकट बिक्री भएका थिए ।
उता, ‘चिराग’ले रु. ६८ हजार ४५० ग्रस कमाउँदै सबैभन्दा कम कलेक्सन गरेको रिपोर्ट सार्वजनिक भएको छ । यस फिल्मको टिकट बिक्री ३३० रहेको बोर्डको तथ्यांकले देखाउँछ ।
बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस विवरणले नेपाली फिल्मको कलेक्सनमा ठूलो भिन्नता रहेको संकेत गरेक छ । फिल्म ‘परान’ले उच्च कलेक्सन बनाएपछिका अन्य फिल्महरूको व्यापार अपेक्षाकृत कमजोर देखिएको छ ।


