• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवनको तरकारी खेतबाटै बिक्री हुँदै , उत्पादन दुबईसम्म पुग्न थाल्यो

  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित

चितवन , पौष १४ । चितवनका किसानहरू यतिबेला आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाएपछि निकै उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ राम्रो भएपछि पूर्वी चितवनदेखि पश्चिम चितवनसम्मका किसानको अनुहारमा खुसी छाएको हो। असोजमा परेको अत्यधिक वर्षाका कारण उत्पादनमा केही कमी आए पनि माग बढ्दा किसानले खेतबाटै राम्रो आम्दानी गरिरहेका छन्।

पूर्वी चितवन राप्ती नगरपालिका–१ का किसान प्रेमबहादुर खुलालले यसपटक तरकारीको बजार मूल्य सोचेभन्दा राम्रो रहेको बताए। तीन बिघामा व्यावसायिक खेती गरिरहेका उनले घीउ सिमी प्रतिकिलो १२० देखि १३० रुपैयाँ र गोलभेँडा प्रति क्रेट १६ सयदेखि २६ सय रुपैयाँसम्ममा खेतबाटै बिक्री गरिरहेका छन्। तरकारीलाई ग्रेडिङ गरेर बजार पठाउन सके अझ राम्रो मूल्य पाइने उनको अनुभव छ। त्यस्तै, भरतपुर–२१ का शिवराज बरालले पनि सात वर्षदेखिको व्यावसायिक खेतीमा अहिले जस्तो मूल्य कहिल्यै नपाएको बताए। उनले लगाएको लौका, काँक्रो र गोलभेँडाले बजारमा राम्रो माग पाएपछि अहिले व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य भएको छ।

केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीका अनुसार पछिल्लो तीन महिनादेखि किसानले तरकारीको राम्रो भाउ पाइरहेका छन्। तर, बजारको अस्थिरताका कारण यो मूल्य कति समयसम्म टिकिरहन्छ भन्नेमा किसानहरू अझै सशङ्कित छन्। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले गुणस्तरीय उत्पादन गर्न सके बजार र मूल्यको समस्या नहुने बताए। जिल्लामा हाल करिब ७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ।

चितवनको तरकारीको पहिचान अब स्वदेशी बजारमा मात्र सीमित छैन। यहाँको ताजा उत्पादन पछिल्लो समय दुबई जस्ता विदेशी सहरहरूमा समेत निर्यात हुन थालेको छ। कार्यालयले पनि किसानको माग र आवश्यकताका आधारमा लगानी र प्राविधिक सहयोग बढाउँदै लगेको छ। विदेशी बजारमा माग बढ्नु र स्थानीय बजारमा पनि राम्रो मूल्य पाइनुले चितवनका किसानलाई तरकारी खेतीमा भविष्य खोज्न थप ऊर्जा मिलेको छ।

 

सोमबार, पुष १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.