• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित

ढोरपाटन (बागलुङ)- ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् ।

ताराखोला गाउँपालिका–३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए । तर उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन् । सामान्य मात्रामा नजिकको गलकोट, बागलुङलगायतका बजारमा पठाउने गरेको समूहकी सदस्य देउकुमारी रोकामगरले बताउनुभयो ।

दुई वर्ष अगाडिबाटै बारीमा लटरम्म किवी फल्न थालेको भन्दै बजारको समस्याले गर्दा आफूहरू मर्कामा पर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो । यस वर्षमात्रै एक हजार बढी बोतल जुस उत्पादन गरिसकेको उहाँको भनाइ छ । दुई सय ५० मिलीलिटर र आधा लिटरका बोतलमा जुस प्याकेजिङ गरेर अहिले बजारमा ल्याएको रोकामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किवीको माग धेरै हुने र पैसा पनि राम्रो पर्छ भन्ने सुनेका थियौँ, धेरैले पनि राम्रो हुन्छ भन्नुभयो र बारीभरि किवी लगायौँ, तर अहिले सोचेजस्तो भएन, बजार पाउनै गाह्रो छ, पाए पनि उचित मूल्य पाउन सकेका छैनौँ, यस वर्ष जुस बनाउने भनेर सुरु गरेका छौँ, माग कस्तो आउँछ ?, परीक्षणमै छौँ, बजार पायो भने हाम्रो जीविकोपार्जनमा सहज हुने थियो ।”

समूहकी कोषाध्यक्ष भवी रोकामगरले अहिले सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवीको जुस बनाउन लागिएको बताउनुभयो । ताराखोला गाउँपालिकाले सात दिनको तालिम दिएपछि जुस उत्पादन गर्न थालेको उहाँको भनाइ छ । उत्पादनलाई बजारीकरण कसरी गर्ने भन्ने मुख्य चुनौती रहेको भन्दै स्थानीय सरकारले थप सघाउने पर्ने रोकामगरले सुनाउनुभयो । अहिलेसम्म आफूहरूले दशौँ लाख लगानी गरिसकेका उहाँको भनाइ छ ।

स्वास्थ्यका लागि उपयोगी मानिने विकी जुस तयारी भएपछि बढीमा १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको छ । गाउँपालिकाले रु तीन लाखमा जुस पेल्ने मेसिन दिएको अध्यक्ष धनबहादुर विकले बताउनुभयो । ताराखोलामा किवीखेतीको ठूलो सम्भावना रहेकाले त्यसका लागि किसानलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.