काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ । निगमले तय गरेको नयाँ मूल्य आजदेखि लागू भएको हो ।निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया


