• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चलचित्र ‘फ्रेन्च किस’ निर्माण घोषणा, अर्पण थापाको निर्देशनमा थिन्ले ल्हामो मुख्य भूमिकामा

  •   शनिबार, माघ १०, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको वसन्तपञ्चमी (सरस्वती पूजा) को शुभ अवसर पारेर शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा औपचारिक घोषणा तथा शुभमुहूर्त गरिएको हो।

नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका चलचित्र निर्देशनका लागि परिचित अभिनेता अर्पण थापाले आफ्नो नयाँ निर्देशन प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका हुन्। यस चलचित्रको निर्देशन स्वयं थापाले गर्नेछन् भने उनी मुख्य भूमिकामा पनि देखिनेछन्।

चलचित्रको छायांकन सोमबारदेखि चितवनका विभिन्न स्थानमा सुरु हुने निर्माण पक्षले जनाएको छ। अर्पण थापासँगै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन्।

अभिनेत्री थिन्ले ल्हामोले यसअघि स्विट्जरल्यान्डमा सम्पन्न ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन्। यो चलचित्रमार्फत थिन्ले र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी पहिलो पटक देखिन लागिएको हो।

चलचित्रमा अभिनेत्री गौरी मल्ल र आयशा तामाङको पनि मुख्य भूमिका रहनेछ। यस फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही हुन्। चलचित्रको छायांकन अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले गर्नेछन्।

चलचित्रको संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले फिल्मको पब्लिसिटी डिजाइनको जिम्मेवारी सम्हालेको छ।

‘फ्रेन्च किस’लाई सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ। शीर्षकले नै संकेत गरेअनुसार यो चलचित्र युवा पुस्ता र प्रेमकथामा आधारित हुने अनुमान गर्न सकिन्छ। अभिनय र निर्देशन दुवैमा आफ्नै बेग्लै पहिचान बनाएका अर्पण थापाको यो नयाँ चलचित्रले नेपाली दर्शकलाई फरक स्वाद र नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

शनिबार, माघ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.