• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

टी-२० विश्वकप आजदेखि, भारत र अमेरिका भिड्दै

  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित

काठमाडौँ, माघ २४ गते । क्रिकेटको छोटो संरचनाको महाकुम्भ शनिबार सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ । जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।

आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । विश्वका यी २० उत्कृष्ट व्रिmकेट टिमबिच सर्वश्रेष्ठको चयन गर्न ३० दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।

२०/२० ओभरको क्रिकेट सन् २००३ जुनमा सुरु भएको हो ।क्रिकेटको विभिन्न संरचनामध्ये टी–२० अहिले सबैभन्दा रुचाइएको स्वरूप हो । अन्य स्वरूपमा क्रिकेट पाँच दिन, एक दिन चल्ने भएकाले परिणाम र समयको हिसाबले क्रिकेटको क्रेज कम हुँदै गयो । यो खेल कम मुलुकमा खेलिन थाले । त्यसपछि यो खेलको समय घटाउने आवश्यकता महसुस गरी टी–२० क्रिकेटको प्रचलन सुरु भएको हो । जुन निकै सफल भयो । त्यसले पनि आइसिसीले टी–२० विश्वकप दुई वर्षपिच्छे आयोजना गर्छ । प्रायः विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने गर्छ । आइसिसीले नै आयोजना गर्ने एकदिवसीय क्रिकेटको विश्वकप प्रत्येक चार वर्षमा मात्र हुने गर्छ ।

तेस्रो पटक विश्वकप खेल्दै नेपाल

करिब चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको हो । नेपालले विश्वकपमा पहिलो सहभागितामै अनपेक्षित रूपमा तीनमध्ये दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकको हरेक पटक नेपालले अर्को विश्वकप क्रिकेट खेल्ने अपेक्षा रह्यो तर नेपाललाई अर्को विश्वकप खेल्न दस वर्ष लाग्यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकपमा खेल्दा नेपालको चर्चा चुलिएको थियो ।

नेपाली व्रिmकेटले अब पुनः विश्वकपको मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ । चालु विश्वकप छनोटमा गरेको प्रदर्शन र यसअघि दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि आगामी विश्वकपमा नेपाल हेर्नलायक टिमका रूपमा हेरिएको छ । अझ विश्वकपका दुई ‘वार्म’ खेलमा पनि संयुक्त अरब इमिरेट्स र क्यानडालाई सजिलै हराएपछि नेपाल शानदार लयसहित भारतमा छ । त्यसैले पनि नेपालले यसपालि सुपर आठमा पुग्ने सपना देख्दै छ ।

नेपाल समूह ‘सी’ मा रहेको छ । सो समूहमा दुई पटकको विजेता टिम इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड पनि रहेका छन् । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय लिएपछि स्कटल्यान्डको भाग्योदय भएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो । एक दिनअघि सहभागी कप्तानसँगको प्री म्याच कन्फ्रेन्समा नेपालका कप्तान रोहित पौडेलले पछिल्ला दुवै विश्वकपमा नजिक पुगेर पनि अर्को चरणमा पुग्न नसकेको भन्दै यसपालि आफ्नो टिमले सुपर आठको लक्ष्य बनाएको बताउनुभएको छ ।  आफ्नो समूहमा दुई एसोसिएट राष्ट्र र वेस्ट इन्डिजविरुद्ध शृङ्खला जितेकाले पनि कप्तान रोहितको भनाइमा दम देखिन्छ ।

पहिलो र दोस्रो पटक विश्वकप खेल्दा सानो माछाका रूपमा आकलन गरिएको नेपाल अब उलटफेर गर्न सक्ने टिम बनिसकेको छ । नेपाली समर्थकले पनि नेपालले यसपालि पछिल्लो पटकको सहभागितामा भन्दा थप उपलब्धि हासिल गर्ने आशा गरेका छन् । नेपाली टिमले खेल्ने खेलको टिकट सबै बिक्री भइसकेकाले पनि नेपाली समर्थकको चर्चा विश्वकप सुरु हुनुअघि नै भइसकेको छ । विश्वकपमा भारतपछि नेपालको टिकट चाँडै ‘सोल्ड आउट’ भएको छ ।

उपाधि दाबेदार

टी–२० क्रिकेटमा उपाधि विजेताको भविष्यवाणी गर्न सहज छैन । यद्यपि लाइनअप, पछिल्ला प्रदर्शन, अनुभव र वरीयतालाई केलाउँदा यसपालि गत विजेता तथा आयोजक भारत, इङ्ग्ल्यान्ड र अस्टे«लियालाई प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ । यद्यपि न्युजिल्यान्ड, दक्षिण अफ्रिका जस्ता टिमलाई पनि बेवास्ता गर्न सकिँदैन । गत च्याम्पियन भारतले उद्घाटनको दिनै मुम्बईमा अमेरिकासँग खेलेर प्रतियोगिता सुरुवात गर्ने छ ।

अहिलेसम्म आयोजक राष्ट्रले पुरुष टी–२० विश्वकप जितेको इतिहास छैन । कुनै राष्ट्रले तीन पटक उपाधि जितेको विगत पनि छैन । भारत, वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड दुई÷दुई पटक च्याम्पियन बनेका छन् । भारत दुवै इतिहास बदल्ने दाउमा छ । भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करण अनपेक्षित रूपमा जितेको थियो । त्यसपछि भारतले फेरि ट्रफी उचाल्न १७ वर्ष कुर्नुप¥यो । सन् २०२४ मा रोहित शर्माको कप्तानीमा भारतले बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराएर सो खडेरी तोडेको थियो ।

पूर्वच्याम्पियन अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले भारतलाई लगातार दोस्रो पटक उपाधि जित्नबाट रोक्न सक्छ । सन् २०२१ को विजेता अस्ट्रेलियालाई भने आफ्ना नियमित तेज बलर चोटिल हुँदा केही धक्का परेको छ । हालै श्रीलङ्काविरुद्धको टी–२० शृङ्खला ३–० ले जितेपछि दुई पटकको विजेता इङ्ग्ल्यान्डको मनोबल पनि उच्च छ । इङ्ग्ल्यान्डले आइतबार मुम्बईमा नेपालविरुद्ध खेलेर आफ्नो अभियान सुरु गर्ने छ । इङ्ग्ल्यान्डले यसअघि २०१० र २०२२ मा उपाधि जितेको थियो ।

सन् २०२४ का उपविजेता दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै पनि एकदिवसीय वा टी–२० विश्वकप जित्न सकेको छैन तर गत वर्ष विश्व टेस्ट च्याम्पियनसिप जितेकाले भने दक्षिण अफ्रिकाको मनोबल उच्च छ । यसै गरी न्युजिल्यान्ड विश्वकपमा सधैँ राम्रो खेल्ने टिम हो ।

विश्वकपअघिका विवाद

यस पटकको टी–२० विश्वकप राजनीतिक चिसोपनबिच हुँदै छ । भारतसँगको सम्बन्ध चिसिँदै गएपछि सुरक्षा कारण देखाउँदै बङ्गलादेशले भारतमा खेल्न अस्वीकार ग¥यो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्   (आइसिसी) ले बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा समावेश गरायो । पाकिस्तानले पनि भारतसँग नखेल्ने निर्णय गरेको छ । पाकिस्तानको बहिष्कारका कारण प्रसारणकर्तालाई करोडौँ डलरबराबरको आर्थिक नोक्सानी हुने र दुवै देशका समर्थक निराश हुने पक्का छ । यसै गरी भारतमा निपाह भाइरस प्रकोपपछि विश्वकपमा सहभागी खेलाडी स्वास्थ्यलाई लिएर सशङ्कित बनेका छन् ।

शनिबार, माघ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.