• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

अब सम्झनामा मात्र ‘राते काइँला’

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित

काठमाडौँ, माघ २५ गते । माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो बनाइदियो, ‘राते काइँला अब रहेनन् ।’ नेपाली चलचित्रको पर्दामा जसको नाम सुन्नेबित्तिकै दर्शकको आङ जिरिङ्ङ हुन्थ्यो, जसको एउटै हेराइले । नायकको वीरतालाई समेत चुनौती दिन्थ्यो, तिनै सुनील थापा शनिबार सधैँका लागि मौन हुनुभएको छ । ६८ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा अन्तिम सास फेर्दै गर्दा उहाँले आफ्नो चार दशक लामो अभिनयको गौरवशाली अध्यायलाई पूर्णविराम लगाउनुभयो ।

सन् १९५७ मा दाङको माटोमा जन्मिनुभएका उहाँले आफ्नो सपनाको जग भने मुम्बईको भिड र ग्ल्यामरमा बसाल्नुभयो । अग्लो कद, गहुँगोरो वर्ण र हक्की स्वभावका उहाँ सुरुमा मोडलिङ र फुटबलको मैदानमा रमाउनुहुन्थ्यो तर नियतिले उहाँलाई अर्कै मञ्चका लागि तयार पारिरहेको थियो । सन् १९७७ मा प्रदर्शित भारतीय चलचित्र ‘साहब बहादुर’ बाट उहाँले चलचित्र जीवन सुरु गर्नुभएको थियो । त्यसपछि सन् १९८१ को बलिउडको हिट चलचित्र ‘एक दुजे के लिए’ मा अभिनयपछि उहाँको यात्राले काठमाडौँ आइपुग्दा एउटा यस्तो उचाइ लियो, जसलाई आजको पुस्ताले ‘लिजेन्ड’ मान्छ । उहाँ केवल एउटा कलाकारका रूपमा मात्र फर्किनुभएन, उहाँ त एउटा ‘संस्कृति’ बनेर फर्किनुभयो ।

नेपाली चलचित्रको इतिहास पल्टाउँदा एउटा यस्तो पात्र भेटिन्छ, जसले खलनायकलाई पनि नायकजत्तिकै सम्मानित र बौद्धिक बनायो । चलचित्र ‘चिनो’ को त्यो रातो आँखा भएको, कडा आवाजमा बोल्ने ‘राते काइँला’ । सुनील थापाभन्दा अगाडि खलनायक भन्नाले केवल कुटाइ खाने र दुष्ट काम गर्ने पात्र मात्र बुझिन्थ्यो तर उहाँले खलनायकीलाई एउटा ‘दर्शन’ दिनुभयो । उहाँले स्थापित गर्नुभयो, “खलनायक बन्नका लागि केवल शरीर मात्र होइन, शक्तिशाली व्यक्तित्व र सूक्ष्म मनोविज्ञान पनि चाहिन्छ ।” आज पनि गाउँघरमा कसैले कसैलाई डर देखाउनु पर्दा ‘राते काइँला’ को नाम लिइन्छ । यो नै एउटा कलाकारका लागि समयले दिएको सबैभन्दा ठुलो सम्मान हो ।

​​सुनील थापामा एउटा अचम्मको विरोधाभास थियो । पर्दामा देख्दा लाग्थ्यो, उहाँ क्रूरताको पर्याय हुनुहुन्छ । उहाँसँग धेरै मिल्ने साथी छायाकार तथा कलाकार गौरीशङ्कर धुजु भन्नुहुन्छ, “उहाँ त एउटा काँचो माटो जस्तै कोमल हुनुहुन्थ्यो ।” उहाँ नयाँ कलाकारका लागि ‘खुला विश्वविद्यालय’ हो, जहाँ अभिनयका प्राविधिक पक्ष मात्र होइन, जीवन जिउने कला पनि सिकाइन्थ्यो । आधा दर्जन जति चलचित्रमा सँगै काम गर्नुभएका कलाकार सरोज खनालका अनुसार नेपाली चलचित्र क्षेत्रले आज देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको छ । उहाँले भन्नुभयो, “उहाँ मेरो लागि एउटा अभिभावक नै हुनुहुन्थ्यो । उहाँबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएको थिएँ ।”

प्रियङ्का चोपडाको ‘मेरी कम’ मा कोच बन्दा होस् या मनोज वाजेपायीसँग ‘द फेमिली मैन’ मा अभिभावकको भूमिका वा तमिल र भोजपुरी चलचित्रका पर्दामा आफ्नो पसिना पोख्दा उहाँले सधैँ नेपाली कलाकारको स्वाभिमानलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ उभ्याउनुभयो । उहाँले प्रमाणित गर्नुभयो कि एउटा कलाकारको भूगोल हुँदैन, केवल भावना र समर्पण हुन्छ ।

​मसाल, देउकी, तँ त सारै बिग्रिस नि बद्री, प्रेमगीत ३ यी केवल चलचित्रका नाम होइनन्, यी त सुनील थापाले बाँच्नुभएको १३८ वटा फरक फरक जिन्दगी हुन् । उहाँले आफ्नो अन्तिम समयसम्म पनि अभिनयलाई नै धर्म मान्नुभयो । प्रदर्शनको तयारीमा रहेका ‘पहाड’ र ‘राम नाम सत्य’ जस्ता चलचित्रले उहाँको अन्तिम कलाको झलक देखाउन बाँकी नै छ तर निर्देशकको अन्तिम ‘कट’ भन्दा पहिले नै उहाँले जीवनको पर्दा खसाल्नुभयो । आज नेपाली चलचित्रको पर्दा अलिकति धमिलो भएको छ । अब पर्दामा न त्यो डरलाग्दो हाँसो सुनिने छ, न त ती कडा संवाद नै तर जबसम्म नेपाली चलचित्र बाँचिरहने छ, ‘राते काइँला’ को त्यो अमर छवि हरेक दर्शकको हृदयमा एउटा ‘राँको’ बनेर बलिरहने छ । उहाँको अन्त्येष्टि आइतबार गरिने छायाकार धुजुले बताउनुभयो । मुम्बईबाट थापाको परिवार आउन ढिलाइ भएकाले आइतबार अन्त्येष्टि गरिन लागिएको उहाँको भनाइ थियो ।सुकृत नेपाल

आइतबार, माघ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.