• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित

काठमाडौँ, माघ २५ गते । नेपालले आइतबार क्रिकेटको जननी इङ्ग्ल्यान्डसँग खेलेर विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ ।

नेपालको समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्दै छ । विगतमा ‘मिनोज’ को रूपमा हेरिएको नेपाल तेस्रो संस्करणसम्म आइपुग्दा विश्वकपमा ‘अन्डरडग’ टिमको रूपमा प्रस्तुत भइसकेको छ । त्यसैले दुई पटकको विजेता तथा उपाधि दावेदारमध्ये एक इङ्ग्ल्यान्डले पनि नेपाललाई हलुको रूपमा लिएको छैन । नेपाल प्रतियोगिताकै हेर्न लायक टिमका रूपमा रहेको छ ।

नेपालका कप्तान रोहित पौडेलले भारतमा भको कप्तानसँगको भेटघाटमा विगतकाभन्दा यसपालिको विश्वकप फरक हुने छ भनी नेपाली समर्थकलाई आश्वासन दिनुभएको छ । उहाँले भन्नुभएको थियो– हामी २०१४ को विश्वकप देखेर खेल्न प्रभावित भएका थियौँ । यो पटक पछिल्लो संस्करणको विश्वकपबाट प्रभावित भएर नयाँ पुस्ता आएको छ ।

उहाँले यो पटक राम्रो तयारी भएकाले सुपर आठको लक्ष्य बनाएको जानकारी पनि दिनुभयो । विश्वकप नजिकिँदै गर्दा हामी टेस्ट टिमलाई टी–२० शृङ्खलामा हराएर खेल्न आएका छौँ । त्यसैले पनि मनोबल उच्च छ– कप्तान पौडेलको भनाइ छ ।

नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । करिब चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको हो । यसै गरी दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि नेपाली टिमको मनोबल उच्च छ ।

एकदिवसीय र टी–२० क्रिकेटको जन्म पनि इङ्ग्ल्यान्डबाटै भएको हो । इङ्ग्ल्यान्ड विश्वकपअघिको टी–२० शृङ्खलामा श्रीलङ्कालाई उसकै मैदानमा ३–० ले हराएपछि उच्च मनोबलमा रहेको छ । त्यसैले पहिलो पटक खेल्दै गरेको इङ्ग्ल्यान्डलाई हराउनु नेपालकै लागि फलामको च्युरा चपाउनु सरह नै हुने छ । ह्यारी ब्रुकको कप्तानीमा रहेको इङ्ग्ल्यान्डले लगातार सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको छ । सन् २०१० र २०२२ मा टी–२० विश्वकप जितेको इङ्ग्ल्यान्ड तेस्रो पटक टी–२० उपाधि जित्ने पहिलो राष्ट्र बन्ने दाउमा पनि छ ।

फिल साल्ट, जोस बट्ल, विल ज्याक्स, कप्तान हेरी बुक्स ब्याटिङको मेरुदण्ड हुनुहुने छ । इङ्ग्ल्यान्डको बलिङमा पनि विविधता छ । आदिल रसिद विश्व क्रिकेटकै सबभन्दा अनुभवी स्पिनरमा पर्नुहुन्छ ।  साम करन र नयाँ खेलाडी ज्याकबो बेन्थलको रूपमा विश्वस्तरीय अलरान्डर इङ्ग्ल्यान्डसँग छ । जोफ्रा आर्चरको तेज बलिङको सामना गर्न पनि नेपाली ब्याट्सम्यानलाई दबाब हुन सक्छ ।

यसै गरी नेपाललाई प्रतियोगिताकै स्तब्धकारी नतिजा निकाल्नु छ भने एक टिमका रूपमा एकजुट भएर प्रदर्शन गर्नुपर्ने हुन्छ । विशेषतः अनुभव लेग स्पिनर सन्दीप लामिछानेका काँधमा ठुलो जिम्मेवारी रहने छ । नेपालका लागि सन्दीप टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी विकेट लिने बलर हुनुहुन्छ । उनले १२.०५ को औसतमा १२९ विकेट लिनुभएको छ ।

प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल, आसिफ सेख, कप्तान रोहित र दीपेन्द्रसिंह ऐरी ब्याटिङमा चम्कनुपर्ने छ । करण केसी र सोमपाल कामीसँग पहिलो स्पेलका साथै पछिका स्पेलमा पनि रन लुटाउने छुट हुने छैन । उहाँहरूले चाँडै विकेट पनि निकाल्नुपर्ने छ ।

आइतबार, माघ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.