• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत रेखा थापा पुनः निर्देशनमा

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ ।आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।यो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी छन् ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय प्रयास हो । झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसपटक आफ्नै ‘रेखा फिल्मस्’ भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गर्न लागेको यो सम्भवतः पहिलो पटक हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको जम्बो टोली रहनेछ ।चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।

निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित ‘प्रेम त्रिकोण’ को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भब्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । यसले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू, सम्बन्धमा आउने उतारचढाव वा सम्भावित ‘लभ ट्रयाङ्गल’ (प्रेम त्रिकोण) को कथा हुन सक्ने संकेत गर्छ।

दोस्रो पोस्टरमा अभिनेता दिल एक वृद्ध (वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ ।

चलचित्रको शीर्षक ‘माया भनेकै यस्तै होला’ ले नै प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ । एकातिर बुढ्यौली अवस्थाको सेवा र अर्कोतिर युवापुस्ताको प्रेमलाई पोस्टरमा स्थान दिएर सबै वर्गका दर्शकलाई समेट्न खोजेको बुझिन्छ ।यस्तै, चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । चलचित्रको शीर्षकले नै यो एउटा सुमधुर प्रेमकथामा आधारित हुने प्रष्ट पार्छ ।

सुदीप बराल डिओपी रहने यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म कोअर्डिनेटर, संगीतप्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् ।निर्माण पक्षका अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले यो चलचित्र हाम्रो आफ्नै समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, “यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ। एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु।”

निर्देशिका रेखा थापाले अभिनेता दिललाई निकै क्षमतावान् र राम्रो अभिनय गर्न सक्ने कलाकारको रूपमा चित्रण गरेकी छिन् । उनले दिलको अभिनय कौशलको प्रशंसा गर्दै भनिन्, “उहाँ निकै क्यापाबल र राम्रो पर्फर्मेन्स दिन सक्ने कलाकार हुनुहुन्छ । यदि उहाँले चलचित्रलाई नै निरन्तरता दिएको भए अहिलेसम्म उनी निकै राम्रोसँग स्थापित भइसक्नुहुने थियो ।”

यस्तै, चलचित्रमा तीन जना पूर्व मिस नेपालहरू श्रृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई एकैसाथ देख्न पाइने बारेमा स्पष्ट पार्दै रेखाले थपिन्, “मिस नेपालको ट्याग भएका कारणले मात्र उहाँहरूलाई लिएको होइन । मेरो चलचित्रको विषयवस्तु र कथाको माग अनुसार नै श्रृष्टि, नम्रता र नीति फिट हुनुभएकाले उहाँहरूलाई छनोट गरिएको हो ।”

चलचित्र घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको बताए । उनले भने, “म केबल हास्य कलाकार मात्र होइन, ‘परान’ जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।”

यस चलचित्रमा मुख्य अभिनेताको रूपमा देखिन लागेका श्रेष्ठले लामो समयको ग्यापपछि चलचित्रमा फर्किएका र आफ्ना सहकर्मी अभिनेत्रीहरू श्रृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठसँगको सहकार्यलाई रमाइलो मानेका छन् ।

अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउनु र दिग्गज कलाकारहरुसँग स्क्रिन सेयर गर्न पाउनु नै आफुलाई मायाको अर्को रुप जस्तो लागेको बताइन् । उनले रेखा थापाले आफु माथि गरेको विश्वासलाई प्रेमको रुपमा लिएकी छिन् ।

त्यस्तै, अभिनेत्री नम्रता श्रेष्ठले रेखा थापालाई ‘लिजेन्डरी’ व्यक्तित्वको संज्ञा दिँदै उनको निर्देशनमा काम गर्न आफू निकै उत्साहित रहेको र वर्कसपको अनुभवले चलचित्र उत्कृष्ट बन्ने संकेत दिएको बताइन् ।

१० वर्षपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए । उनले रमाइलो शैलीमा भने, “यो चलचित्र हेरेपछि मेरा साथीहरूले मलाई गाली गर्ने छैनन्, बरु प्रशंसा गर्नेछन् भन्नेमा म ढुक्क छु ।”

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.