• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

निर्वाचनको माहोलमा बढ्यो वैदेशिक व्यापार

  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

काठमाडौँ, फागुन ९ गते । मुलुक निर्वाचनमा गएको बेला वैदेशिक व्यापार भने बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा आयातनिर्यात दुवै बढेको हो ।

चालु आवको पहिलो महिना मुलुक सहज अवस्थामा रहे पनि भदौको अन्तिम साता भएको जेनजी विद्रोहदेखि जटिल मोडबाट गुज्रेको हो । त्यसपछिका महिनामा निर्वाचन घोषणा भएपछि पनि वैदेशिक व्यापारमा सुधार आएको छ ।

चालु आवको साउनदेखि माघसम्म निर्यात ३२.१९ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ निर्यात भएको थियो ।

सात महिनामा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो । आयातको तुलनामा निर्यात कम हुँदा व्यापार घाटा १०.९१ प्रतिशतले बढेर नौ खर्ब ५५ अर्ब ३४ करोड ३८ लाख रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपियाँ व्यापार घाटा भएको थियो ।

सात महिनामा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशत १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपियाँ बराबरको भएको छ । सात महिनामा एक खर्ब ८० अर्ब ७४ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा ६९ अर्ब ९१ करोड रुपियाँ बराबरको डिजेल आयात भएको छ । यस्तै ३८ अर्ब १३ करोड रुपियाँ बराबरको पेट्रोल र ३१ अर्ब ८५ करोड रुपियाँ बराबरको ग्यास आयात भएको छ । त्यसै गरी ७० अर्ब ९९ करोड रुपियाँ बराबरको भटमास, ७७ अर्ब ८५ करोड रुपियाँको आइरन र स्टिल आयात भएको छ ।

विभागका अनुसार ७७ अर्ब ६९ करोड बराबर विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा, २६ अर्ब ६८ करोडको स्मार्टफोन र २१ अर्ब २० करोडको सुन आयात भएको छ ।

यस्तै ६४ अर्ब ८४ करोड रुपियाँ बराबरको सवारीसाधन, ४२ अर्ब ६३ करोड रुपियाँ रासायनिक मल र २२ अर्ब २५ करोड रुपियाँ बराबरको तरकारी आयात भएको छ ।

सात महिनामा नेपालबाट सबैभन्दा धेरै ६६ अर्ब ७८ करोड रुपियाँ बराबरको भटमासको तेल र पाँच अर्ब ७८ करोड बराबरको सूर्यमुखीको तेल निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड रुपियाँको निर्यात भएको छ । यस्तै कार्पेट निर्यात पाँच अर्ब ७१ अर्ब, तयारी पोसाक पाँच अर्ब १५ करोड रुपियाँ बराबरको निर्यात भएको छ ।

सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतमा भएको छ । विभागका अनुसार सात महिनामा भारतबाट छ खर्ब २९ अर्ब रुपियाँको आयात हुँदा नेपालबाट एक खर्ब ३७ अर्बको निर्यात भएको छ । भारतबाट आयात धेरै भए पनि न्यून निर्यात हुँदा चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।

यस्तै चीनबाट दुई खर्ब ३५ अर्ब रुपियाँको सामान आयात हुँदा नेपालबाट ९० करोड रुपियाँको सामान निर्यात भएको छ । चीनमा न्यून निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख १६ हजार रुपियाँ व्यापार घाटा रहेको छ ।

शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.