• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

नारी दिवसमा चलचित्र परालको आगोको दोस्रो पोष्टर सार्वजनिक

  •   आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन २४
“परालको आगो” फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ। साथै फिल्मको टिजर भोलि बिहान ११:२५ बजे सार्वजनिक हुने जानकारी पनि दिइएको छ।

अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ। सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी सुहाना थापा को भावपूर्ण मुद्राले पोस्टरलाई अझ जीवन्त बनाएको छ। उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको जस्तो अनुभूति दिलाउँछ।

पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउँछ। प्रकृतिको न्यानो प्रकाश र नरम रंग संयोजनले दृश्यलाई आकर्षक बनाएको छ।

नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई एकै फ्रेममा उतारिएको यो पोस्टरले फिल्मको भावनात्मक गहिराइको संकेत पनि दिन्छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।

लक्ष्मण सुनार को निर्देशनमा बनेको फिल्ममा सुहाना, सौगात र प्रकाशका साथै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ ले पनि अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि. को ब्यानरमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटा ले गरेका छन्। छायांकन संकल्प भुजेल को रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवर ले गरेका छन्।
फिल्ममा भिएफएक्स समिर मिया र सत्यम राना ले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खान ले गरेका छन्। मिक्सिङ मुकेश शाह को रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरे ले सम्हालेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधर को रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपुत को योगदान छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।कला निर्देशन प्रतिक चौधरी ले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.