काठमाडौं । नेपाली कथानक चलचित्र ‘टेम्के: The Destination’ को शुभमुहूर्त शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। धार्मिक विधिअनुसार दिनेश डिसी ले नरिवल फोड्दै क्ल्याप ईन गरेर चलचित्रको औपचारिक शुभारम्भ गरेका हुन्।
आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देव प्रसाद धिमाल ले गर्नेछन्। धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन्। चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माताका रूपमा रहेका छन्।
चलचित्रको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल अनुबन्धित भएका छन् भने द्वन्द निर्देशन राजु किराती ले गर्नेछन्। छायांकनको जिम्मेवारी नरेश ऐयरले सम्हाल्ने निर्माण पक्षले जनाएको छ।

चलचित्रमा शिव श्रेष्ठ , अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्माण पक्षका अनुसार चलचित्रको मुख्य छायांकन काठमाडौँ तथा भोजपुर का विभिन्न स्थानमा गरिनेछ। छायांकन कार्य चैत महिनाको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।
‘टेम्के: The Destination’ ले नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ। शुभमुहूर्तसँगै चलचित्रको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।कार्यक्रममा रबिन्द्र खड्का तथा गीतकार शंकर अधिकारी सहित विभिन्न चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।


