• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

निर्वाचनमा पाँच अर्ब ३७ करोड खर्च

  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित

काठमाडौँ, चैत ६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएका तीन हजार ४०५ उम्मेदवारमध्ये दुई हजार ८८७ उम्मेदवारको धरौटी रकम जफत भएको छ । चुनावमा प्रतिस्पर्धामा रहेका झन्डै ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनु्सार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ । प्रतिस्पर्धामा रहेका ५१८ उम्मेदवारले मात्र धरौटी रकम जोगाएका हुन् ।

प्रत्यक्षमा उम्मेदवारी दर्ताका क्रममा १० हजार रुपियाँ शुल्क लाग्ने व्यवस्था छ तर दलित, अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपमा विपन्न समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवारले सिफारिसका आधारमा ५० प्रतिशत धरौटी रकम छुट पाउने व्यवस्था छ । समानुपातिक निर्वाचनतर्फ राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी रकम जफत हुने व्यवस्था

अनुसार चुनावमा भाग लिएका ५७ मध्ये ५१ वटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा राजनीतिक दलले बन्दसूची पेस गर्ने क्रममा ५० हजार रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।

जफत भएको धरौटी रकम सङ्घीय सञ्चित कोषमा दाखिल हुने छ । निर्वाचित तथा सदर मतको १० प्रतिशत मत पाएका, मनोनयन स्वीकृत नभएका र तोकिएको अवधिभित्र उम्मेदवारी फिर्ता लिएकाको पनि धरौटी रकम फिर्ता लिन पाउने कानुनी व्यवस्था छ । निर्वाचनको परिणाम घोषणा भएको तीन महिनाभित्र रकम फिर्ता लिन सक्ने व्यवस्था कानुनले गरेको छ । सो अवधिमा रकम फिर्ता नलिए सङ्घीय सञ्चित कोषमै दाखिला हुने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले गरेको छ ।

खसआर्यको वर्चस्व

प्रतिनिधि सभामा २७५ सदस्यमध्ये १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् । महिलामध्ये प्रत्यक्ष निर्वाचनबाट १४ र अन्य समानुपातिक प्रणालीबाट प्रतिनिधित्व भएको छ । समावेशी विवरण अनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारू समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेशी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचनमा भाग लिएकामध्ये छ वटा राजनीतिक दल राष्ट्रिय दल हुँदै प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका छन् ।

निर्वाचनमा प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएकोमा एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको छ । सदर मत प्रतिशत ९४.५५ र बदर प्रतिशत ५.४५ रहेको छ । यस्तै समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ । सदर मत प्रतिशत ९६.०५ र बदर मत ३.९५ प्रतिशत रहेको छ । दुवै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मत ४.७ प्रतिशत रहेको छ ।

पाँच अर्ब ३७ करोड खर्च

निर्वाचन आयोग र मातहतका कार्यालयसमेत गरी निर्वाचनमा पाँच अर्ब ३७ करोड खर्च भएको छ । यसमा दायित्व सिर्जना भएको र भुक्तानी गर्न बाँकी रकमसमेत उल्लेख छ । साढे तीन अर्ब भने भुक्तानी भइसकेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । खर्च रकम आयोग, मातहतका कार्यालय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, मतपेटिका ढुवानीलगायतका विषयमा रहेको भट्टराईले बताउनुभयो । आयोगले चुनावको प्रयोजनका लागि सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार रुपियाँ माग गरेकामा अर्थ मन्त्रालयले छ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपियाँको स्रोत सहमति दिएको थियो ।

आयोगले यो पटक यसअघि खरिद गरेका धेरै निर्वाचन सामग्री नै प्रयोगमा ल्याएको थियो । मतपेटिकालगायतका सामग्री अधिकांश यसअघिकै प्रयोग भएका थिए । यस्तै नयाँ खरिदमा सरकारको स्वमित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको थियो । ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद तथा ढुवानी भएको थियो । १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्ला पु¥याइएको थियो ।

निर्वाचनमा प्रत्यक्षमा महिला ३८८, पुरुष तीन हजार १७ र अन्यबाट एक गरी कुल तीन हजार ४०६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो । जसमध्ये धनुषा–१ का किशोरी साह ‘कमल’ को उम्मेदवारी अन्तिम समयमा आयोगले रद्द गरेको थियो । समानुपातिकतर्फ महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ गरी तीन हजार १३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम थियो ।

निर्वाचनमा महिला, पुरुष र अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए । यस्तै अस्थायी मतदाता एक लाख ८६ हजार १४२ कायम भएका थिए । प्रतिनिधि सभा निर्वाचनको स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गरेका थिए । अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए ।

शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.