• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् ।‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ ।

निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू  ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र  ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिए ।

नेपाल र रुसबीच सांस्कृतिक आदनाप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा  ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताए ।

उनले भने, ‘नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो ।’

नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष पूरा भएको अवसर पारेर निफमा रसियन फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको आयोजकले बताएको छ ।

निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियन फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ ।

यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा स्क्रिनिङ हुनेछ ।

आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछ । यी कार्यक्रमबारेका थप जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।

कस्ता रसियन स्क्रिनिङ हुनेछन् ?

एतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ ।  शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । इल्या लेबेदेव र  निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्नक भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।

एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ ।

इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.