• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

हङकङमा फिल्म ‘नाक्छोङ’ प्रदर्शन हुने

  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित

काठमाडौं । फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह–आयोजनामा फिल्म प्रदर्शनी हुन लागेको हो ।

आजको बदलिँदो परिस्थितिमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै गएको यथार्थलाई फिल्मले. मार्मिक रूपमा चित्रण गरेको छ। विशेषगरी किराती समुदायमा ‘नाक्छोङ’ (बिजुवा) को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्य फिल्मले राखेको छ ।

शो जेडी मल, नाथम रोड, जोर्डन, हङकङमा आयोजना हुन लागेको निर्माता ज्योतीराज राईले बताए ।फिल्मका निर्देशक किरण राई हुन् । जसले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन् । फिल्मको लेखन पनि किरण राईकै रहेको छ । निर्माता ज्योतीराज राईका अनुसार फिल्म निर्माणको मुख्य उद्देश्य किराती परम्परा जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्नु हो ।

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्गछा राई , उदय शुब्बा कुरुङबाङ , सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई लगायतका कलाकारहरूको सशक्त अभिनय छ । बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्ममा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत छ। फिल्मका निर्माता ज्योतीराज राईले यसअघि ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ जस्ता चर्चित फिल्म र टिभी सिरिजहरू निर्माण गरिसकेका छन् । हङकङ प्रदर्शनका लागि दिलिप राईलाई सल्लाहकार चयन गरिएको छ भने राम ली थुलुङ यो कार्यक्रम को संयोजक रहनु भएको छ भने गजेन्द्र राई , भुपाल चाम्लिङ, धिरज बान्तवा, दीपक केशर साम्पाङ , दिनेश थुलुङ , प्रकाश कोयी , लोकराज बायुङ , इमानशेर राई लगायतका कार्यसमिती का पदाधिकारीहरू सम्पर्क सूत्रका रूपमा रही कार्यक्रम सफल बनाउन लागी परिरहेका छन् ।

नेपालमा भने यसको सार्वजनिक प्रदर्शन मिति तय भएको छैन । सार्वजनिक प्रदर्शन अघि फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। हङकङमा हुन लागेको यो प्रदर्शनीलाई किराती समुदायले आफ्नो पहिचान र संस्कृति संरक्षणको एउटा महत्वपूर्ण कडीका रूपमा लिएको छ ।

मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.