काठमाडौं — नेपाल निर्माण व्यवसायी महासंघ को अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्।निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार पाण्डेले ५१४ मत प्राप्त गर्दै प्रतिस्पर्धी आङदोर्जी लामा लाई पराजित गरेका हुन्। लामाले ४१३ मत प्राप्त गरेका थिए।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन्।महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी बलिभद्र राना ले ३८० मत प्राप्त गरे।
नेपाल-निर्माण-ब्यावसाही-काे-अन्तिम-मत-परीणाम.pdf – Google Drive
तपाईको प्रतिक्रिया


