• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

पेट्रोलियम पदार्थबाट पौने एक खर्ब राजस्व सङ्कलन

  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित

काठमाडौँ, चैत २४ गते । पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ । यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ ।

नेपाल आयल निगमका अनुसार विभिन्न शीर्षकमा गरेर प्रतिलिटर पेट्रोलमा ६५ रुपियाँ ८४ पैसा, डिजेलमा ४८ रुपियाँ ३५ पैसा, मटितेलमा ३३ रुपियाँ ९३ पैसा र हवाई इन्धन ३४ रुपियाँ ११ पैसा तथा खाना पकाउने एलपिजी ग्यास प्रतिसिलिन्डरमा २८७ रुपियाँ ३१ पैसा कर रहेको छ ।

बजारमा प्रतिलिटर पेट्रोलको मूल्य २०२ रुपियाँ र डिजेल लिटरमा १८२ रुपियाँ रहेको छ । इन्धनको मूल्य बढ्दा त्यसको असर हरेक क्षेत्रमा परेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पेट्रोलियम पदार्थको मूल्य बढेर जनजीवन प्रभावित भएका बेला इन्धनमा लगाइएको उच्च करका कारण थप महँगो परेकाले तत्कालका लागि कम गरेर उपभोक्तालाई राहत दिनुपर्ने बताउनुभयो । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश क्षेत्रमा असर पर्ने परेकाले पनि सरकार राजस्वमुखी नभएर उपभोक्तामुखी हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन आयात गरेबापत भन्सारविन्दुमै सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेकाले खपत कम गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो ।

छयासी अर्ब राजस्व सङ्कलन

पेट्रोलियम पदार्थको कारोबारबाट पौने एक खर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म एक खर्ब ७७ अर्ब १२ करोड रुपियाँको इन्धन आयात हुँदा ८६ अर्ब ५८ करोड रुपियाँ राजस्व सङ्कलन भएको आयल निगमले जनाएको छ ।

निगमका अनुसार साउनदेखि फागुनसम्म भन्सार शुल्कबापत २८ अर्ब १२ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बापत ३२ अर्ब नौ करोड, सडक मर्मत शुल्कबापत चार अर्ब ७३ करोड र वातावरण खर्चबापत दुई अर्ब ३६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ  ।  यस्तै पूर्वाधार विकास करबापत १५ अर्ब ७० करोड, हरित करबापत एक अर्ब ५७ करोड र आय करबाट एक अर्ब रुपियाँ सङ्कलन भएको छ ।

प्रतिलिटर पेट्रोलमा भन्सार शुल्क २५ रुपियाँ २० पैसा, पूर्वाधार कर १० रुपियाँ, हरित कर एक रुपियाँ, सडक मर्मत शुल्क चार रुपियाँ र प्रदूषण शुल्क एक रुपियाँ ५० पैसा रहेको छ ।

यस्तै प्रतिलिटर डिजेलमा भन्सार शुल्क १२ रुपियाँ, हरित कर एक रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, सडक मर्मत शुल्क दुई रुपियाँ, हरित कर एक रुपियाँ र वातावरण प्रदूषण शुल्क एक रुपियाँ ५० पैसा कर रहेको छ ।

निगमका अनुसार अहिले प्रतिलिटर पेट्रोलको खरिद मूल्य १५३ रपियाँ ७८ पैसा रहेको छ । यस्तै डिजेल प्रतिलिटर २४२ रुपियाँ ४९ पैसा, मटितेल १९७, हवाई इन्धन आन्तरिक प्रतिलिटर २१३ रुपियाँ रहेको छ । ग्यास प्रतिसिलिन्डर एक हजार ६९० रुपियाँ रहेको छ ।

पछिल्लो तीन हप्ताको अवधिमा पेट्रोल लिटरमा ४० रुपियाँ, डिजेल ४५ रुपियाँ र हवाई इन्धन लिटरमा १२४ रुपियाँ मूल्य बढेको छ । निरन्तर मूल्य बढेर आए पनि सो मूल्य अनुसार समायोजन नहुँदा पेट्रोल लिटरमा ३४ रुपियाँ ३६ पैसा, डिजेल लिटरमा १२० रुपियाँ ५४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डरमा ४१६ रुपियाँ घाटा रहेको निगमले जनाएको छ ।

सरकारले इन्धनको खपत कम गर्न शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल २५ लाख लिटर र डिजेल ५० लाख लिटर खपत हुने गरेको छ ।

मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.