• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सार्वजनिक यातायातको भाडा वृद्धि

  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित

सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । इरान–अमेरिकालगायत पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा भाडा समायोजनमा यातायात व्यवसायीको निरन्तर दबाबपछि सरकारले बुधबारबाटै लागु हुने गरी वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा वृद्धि गरेको हो । यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

विभागका अनुसार भाडा समायोजन गर्दा इन्धनको मात्र नभई अन्य मापदण्डका आधारमा पनि समायोजन गरिएको छ । सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम मूल्यलगायतका १३ वटा सूचकहरू समेटेर वैज्ञानिक आधारमा समायोजन भएको विभागका निर्देशक श्रीकान्त यादवले बताउनुभयो । वैज्ञानिक भाडादर समायोजनमा ३५ प्रतिशत हिस्सा इन्धनको हुन्छ भने बाँकी ६५ प्रतिशत हिस्सा सवारीका १३ वटा पार्टपुर्जा, बजार महँगी र श्रम सूचकलाई आधार मानिन्छ । नयाँ भाडादर अनुसार काठमाडौँ–सुर्खेत सुपर डिलक्सको भाडा तीन हजार ९६ रुपियाँ कायम भएको छ । काठमाडौँ–महेन्द्रनगर तीन हजार ४०६ रुपियाँ भएको छ भने काठमाडौँ–विराटनगर दुई हजार ६६७ कायम भएको छ । त्यस्तै काठमाडौँ भैरहवा सुपर डिलक्सको भाडा एक हजार ४३४ रुपियाँ छ । काठमाडौँ नेपालगन्जको भाडा दुई हजार ६२१ रुपियाँ भएको छ ।

सार्वजनिक यातायातमा नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन श्रेणीमा भाडादर कायम गरिँदै आएको छ । काठमाडौँ–वीरगन्जका लागि नर्मल बसमा ९६१, डिलक्समा एक हजार १५३ र सुपर डिलक्समा एक हजार ३८३ रुपियाँ कायम भएको छ । त्यस्तै काठमाडौँ–तम्घासका लागि नर्मलमा एक हजार ४८२, डिलक्समा एक हजार ७९० र सुपर डिलक्समा दुई हजार १४८ रुपियाँ कायम भएको छ तर नर्मलले पनि डिलक्सको भाडा उठाउने र डिलक्सले सुपर डिलक्सको भाडा उठाउने गरेको उपभोक्ता अधिकारवादीको दाबी छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भन्नुभयो, “सरकारले तोकेको भाडा पनि व्यवसायीले उठाउन सकेको छैन । यात्रुबाटै बार्गेनिङ हुन्छ, अस्वस्थ प्रतिस्पर्धा छ । बिचौलियाको बिगबिगी छ । पूरा भाडा उठाउने त दसैँ तिहारमा मात्रै हो ।”

२०६५ सालमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित समायोजन प्रणाली लागु गरेको थियो । उक्त स्वचालित प्रणाली हालसम्म लागु हुन सकेको थिएन तर अहिले लागु भएको अध्यक्ष स्वाँरले बताउनुभयो । उहाँका अनुसार विभागले २०८२ साउन १ गते सवारीको भाडादर समायोजनका लागि समिति गठन गरेको थियो । उक्त समितिले टायर, लुब्रिकेन्ट, पार्टपुर्जा र श्रमिकको पारिश्रमिकलगायतका विषयमा बजार अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा पनि समायोजन भएको हो । हाल, पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजल १८२ रुपियाँ भएको छ ।

बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.