• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

ढोरपाटन (बागलुङ)- बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–७ मा पर्ने रेशगाउँमा अहिले चियाखेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकिर्षत हुँदै गएका छन् । सात वर्ष अगाडि सुरु गरेको चियाखेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनीखोस्री चियाका बिरुवा लगाउन सुरु गरेका छन् । बसाइँसराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउको चिया बगानले गाउँलेलाई खुसी मात्रै दिएको छैन, आयआर्जनमा पनि टेवा पुर्याउन थालेको छ ।

विसं २०७६ मा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार बिरुवा ल्याएर परीक्षण लगाइएको थियो । सुरुमा बिरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै लागेको थिएन । कतिपयले त ‘नहुने काम गर्ने थाले’ भन्थे । तर विस्तारै बिरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । अहिले अघिल्लो वर्षको तुलनमा धेरै उत्पादन भएको छ ।

सुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको र अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको छ । अहिले गाउँका खाली जग्गामा रहेको झाडीसमेत फँडानी गरेर चिया लगाइएको वडाध्यक्ष लामिछाने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “चियाखेती फष्टाएपछि हामी निकै उत्साहित भएका छौँ, हिजोका दिनमा बाँझो बनेको जमिन अहिले चियाले ढाकिएको छ, पैसा फल्न थालेको छ, हामीले गाउँका सबै नागरिकलाई जोड्न थालेका छौँ, चियाले अब बसाइँसराइ पनि रोकिने अपेक्षा लिएका छौँ, अहिले व्यक्तिगत रूपमा धेरैले चियाका बिरुवा लगाउन थाल्नुभएको छ ।”

रेश साना किसान सहकारी संस्थामार्फत चियाखेती थालिएको थियो । वडाध्यक्ष लामिछानेका अनुसार वर्षको नौ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुईपटक टिपेको भन्दै प्रतिकिलो रु दुई हजारमा बिक्री हुने गरेको छ । यस वर्ष रु २० लाखको चिया बिक्री हुने अपेक्षा छ । रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताउनुभयो ।

उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । अहिले बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताउनुहुन्छ । अहिले रेश गाउँको टिङरिङ, बौर, फलायडाँडालगायत ३०० रोपनी क्षेत्रमा चियाखेती गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । चियाखेतीमा गाउँका करिब २८० परिवार आबद्ध छन् ।

जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर थापाले चियाखेतीले गाउँमा उत्साह जगाएको बताउनुभयो । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उहाँको भनाइ छ । चियाखेतीका लागि गाउँले एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको अध्यक्ष थापाले बताउनुभयो ।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.