• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

हिमाली गोठमा अल्ट्रासाउन्ड सेवा

  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख १८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका लुलु गाईपालक किसान कर्माछिरिङ गुरुङले गाईको स्वास्थ्य परीक्षणमा अल्ट्रासाउन्ड र भिडियो एक्सरे जस्तो प्रविधि प्रयोग हुन्छ भन्ने कुरा कल्पनासम्म गर्नुभएको थिएन तर गाउँमा पहिलो पटक अत्याधुनिक उपकरणसहित पशुविज्ञ टोली पुगेर उहाँका गाईको अल्ट्रासाउन्ड गरी रोग भए/नभएको बारे जानकारी दिएपछि उहाँमा खुसीको सीमा नै रहेन ।

घरपझोङ–३, स्याङका किसान जीवन थकालीले मानिसलाई जस्तै जाँच गर्ने उपकरण गोठमै प्रयोग भएको देख्दा अचम्म लागेको बताउनुभयो । यो प्रविधिबाट पशुमा बाँझोपनको समस्या भए÷नभएको पहिचान गर्न सकिएको छ, जसले पशुपालनप्रति थप ऊर्जा मिलेको छ । थासाङ, लेतेका भैँसीपालक किसान बुद्धिबहादुर सार्कीले टेलिभिजनमा मात्र देखिने यस्तो प्रविधि आफ्नै गाउँमा प्रत्यक्ष देख्दा विश्वास लागेको उल्लेख गर्नुभयो । “पशुको उपचार पनि मानिसको जस्तै प्रविधिबाट हुने रहेछ,” उहाँले भन्नुभयो ।

पछिल्ला वर्षमा पशुपालक किसानको सङ्ख्या घट्दै गएपछि कृषि तथा पशु सेवा कार्यालय मुस्ताङले उच्च हिमाली क्षेत्रमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो । विशेष गरी छुर्पी र घिउ उत्पादनमा केन्द्रित यस क्षेत्रका किसानलाई लक्षित गर्दै विशेषज्ञको टोली त्यस क्षेत्रमा पुगेको हो । यसअघि आँखाले हेरेर र लक्षणका आधारमा मात्र रोग पहिचान गरिने गरिएकामा अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानमा नयाँ आशा पलाएको छ । विज्ञ टोलीले लेते, टुकुचे, मार्फा, ढुम्बा, स्याङ, कागबेनी, झारकोट र छैङगुरलगायतका गाउँमा पुगेर सेवा दिएको हो । यी क्षेत्र समुद्री सतहबाट करिब दुई हजार चार सयदेखि तीन हजार सात सय मिटर उचाइमा अवस्थित छन् ।

कृषि तथा पशु सेवा कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार स्थानीय जातको संरक्षण, नश्ल सुधार तथा गाईभैँसीमा देखिएको बाँझोपन समस्या न्यूनीकरणका लागि रगतको नमुना सङ्कलन गरी रेक्टल पाल्पेसन र अल्ट्रासाउन्ड विधिबाट परीक्षण तथा उपचार गरिएको हो । मुस्ताङ जिल्लामा हाल छ हजार ६८१ गाई र २११ भैँसी रहेका छन् । तीमध्ये २३८ गाई र २५ भैँसीको परीक्षण गर्दा ४८ पशुमा विभिन्न प्रकारका प्रजननसम्बन्धी समस्या देखिएको छ ।

शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.