• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

हिमाली गोठमा अल्ट्रासाउन्ड सेवा

  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख १८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका लुलु गाईपालक किसान कर्माछिरिङ गुरुङले गाईको स्वास्थ्य परीक्षणमा अल्ट्रासाउन्ड र भिडियो एक्सरे जस्तो प्रविधि प्रयोग हुन्छ भन्ने कुरा कल्पनासम्म गर्नुभएको थिएन तर गाउँमा पहिलो पटक अत्याधुनिक उपकरणसहित पशुविज्ञ टोली पुगेर उहाँका गाईको अल्ट्रासाउन्ड गरी रोग भए/नभएको बारे जानकारी दिएपछि उहाँमा खुसीको सीमा नै रहेन ।

घरपझोङ–३, स्याङका किसान जीवन थकालीले मानिसलाई जस्तै जाँच गर्ने उपकरण गोठमै प्रयोग भएको देख्दा अचम्म लागेको बताउनुभयो । यो प्रविधिबाट पशुमा बाँझोपनको समस्या भए÷नभएको पहिचान गर्न सकिएको छ, जसले पशुपालनप्रति थप ऊर्जा मिलेको छ । थासाङ, लेतेका भैँसीपालक किसान बुद्धिबहादुर सार्कीले टेलिभिजनमा मात्र देखिने यस्तो प्रविधि आफ्नै गाउँमा प्रत्यक्ष देख्दा विश्वास लागेको उल्लेख गर्नुभयो । “पशुको उपचार पनि मानिसको जस्तै प्रविधिबाट हुने रहेछ,” उहाँले भन्नुभयो ।

पछिल्ला वर्षमा पशुपालक किसानको सङ्ख्या घट्दै गएपछि कृषि तथा पशु सेवा कार्यालय मुस्ताङले उच्च हिमाली क्षेत्रमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पशु विशेषज्ञ टोली परिचालन गरेको हो । विशेष गरी छुर्पी र घिउ उत्पादनमा केन्द्रित यस क्षेत्रका किसानलाई लक्षित गर्दै विशेषज्ञको टोली त्यस क्षेत्रमा पुगेको हो । यसअघि आँखाले हेरेर र लक्षणका आधारमा मात्र रोग पहिचान गरिने गरिएकामा अहिले अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन थालेपछि किसानमा नयाँ आशा पलाएको छ । विज्ञ टोलीले लेते, टुकुचे, मार्फा, ढुम्बा, स्याङ, कागबेनी, झारकोट र छैङगुरलगायतका गाउँमा पुगेर सेवा दिएको हो । यी क्षेत्र समुद्री सतहबाट करिब दुई हजार चार सयदेखि तीन हजार सात सय मिटर उचाइमा अवस्थित छन् ।

कृषि तथा पशु सेवा कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार स्थानीय जातको संरक्षण, नश्ल सुधार तथा गाईभैँसीमा देखिएको बाँझोपन समस्या न्यूनीकरणका लागि रगतको नमुना सङ्कलन गरी रेक्टल पाल्पेसन र अल्ट्रासाउन्ड विधिबाट परीक्षण तथा उपचार गरिएको हो । मुस्ताङ जिल्लामा हाल छ हजार ६८१ गाई र २११ भैँसी रहेका छन् । तीमध्ये २३८ गाई र २५ भैँसीको परीक्षण गर्दा ४८ पशुमा विभिन्न प्रकारका प्रजननसम्बन्धी समस्या देखिएको छ ।

शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.