जेठ २७ , तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
बिहीबारको अविरल वर्षाका कारण सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


