जेठ २७ ,तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।
मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ ।“कार पहिरोले पुरिएको छ, माथिबाट हेर्दा अलि–अलि मात्रै देखिएको छ,” उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा नेपाली सेनाको टोली जाँदै छ ।
तपाईको प्रतिक्रिया



