• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने

  •   सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

जेठ ३० , काठमाडौं ।प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

हिजोको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो ।

उहाँले आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको जानकारी गराउनुभयो ।

हिजोको बैठकमा तोकिएको शीर्षकमा भाग लिने क्रममा नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले न्यायपूर्ण बजेट वितरण हुन नसकेको बताउँदै युटिलिटी करिडोर बनाउँदा खानेपानीको पाइपलाइन, ढल, बिजुलीको तार, सञ्चारजस्ता क्षेत्रमा समन्वय र सहप्रयोगका लागि कानूनी प्रबन्ध गर्न सकेमा लगानी कम हुन जाने जनाउनुभयो ।

नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले गैरसरकारी क्षेत्रमा पनि सुत्केरी सुविधा र बच्चाको स्वास्थ्य हेरचाहका लागि ध्यान दिन आग्रह गर्दै सरकारी अस्पतालमा एउटै शय्यामा धेरै बिरामी राखेर उपचार गराइने स्थिति अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले दलित, गन्धर्व र वादीजस्ता समुदायका लागि विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो ।

एमालेका विशाल भट्टराईले सरकारी कर्मचारीको तलब वृद्धि भए पनि ग्रामीण क्षेत्रमा खटिने स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाउन ध्यानाकर्षण गराउनुभयो । उहाँले खोटाङको दिक्तेल बजारको सडकको ढलानलाई पूर्णता दिन बजेट व्यवस्था गर्न आफूले सम्बन्धित मन्त्रीलाई लिखित आग्रह गर्दा पनि पूर्वाग्रहपूर्वक बजेट नराखिएको टिप्पणी गर्नुभयो ।

सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.