• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग

  •   मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित

जेठ ३१ , काठमाडौँ। नेपाली कांग्रेस निकट मजदूरहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टी र राज्यका नीति, निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको यही जेठ २९ र ३० गते काठमाडौँको प्रज्ञा भवनमा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीको सबै संरचनामा कम्तीमा एक महिला र एक पुरुष श्रमिकको प्रतिनिधित्व गर्न वैधानिक प्रबन्ध मिलाउन र राज्यका निति–निर्माण तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चितताका लागि संवैधानिक व्यवस्था मिलाउनुपर्ने बताएको हो ।

यस्तै सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसको पाँचाँै राष्ट्रिय महाधिवेशन (विसं २०७० भदौ ९ गते) पार्टीका तत्कालीन सभापति सुशील कोइराला र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष लक्ष्मणबहादुर बस्नेतबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएको हो ।

सम्झौतामा श्रमिक वर्गको जीवनस्तर उकास्न निःशुल्क शिक्षा, स्वास्थ्य र अनिवार्य रोजगारीलगायतका विषयलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने, श्रम क्षेत्रमा देखिएको द्वन्द्वलाई न्यूनीकरण गर्न असल औद्योगिक सम्बन्ध स्थापित गर्दै उद्योगमैत्री वातावरण बनाइ उत्पादकत्व र रोजगारी वृद्धिका लागि उचित पहल गर्ने, पार्टी र राज्यका निकायमा श्रमिक सहभागिता सुनिश्चित गर्नेलगायतका बुँदाहरु रहेका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनले समयअनुसार विधान संशोधन गरेको छ । विधान संशोधनसँगै विभिन्न तहगत अधिवेशन सम्पन्न गर्दै आगामी विसं २०७९ चैत ११ देखि १३ गतेसम्म सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार उपसमितिका संयोजक अजयकुमार राईले जानकारी दिनुभयो ।

विधान संशोधन भएसँगै अब एक हजार सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि महाधिवेशनमा भाग लिन पाउनेछन् । यसअघि ५०० सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको थियो । प्रत्येक श्रमिकबाट वर्षको रु २४ सदस्य शुल्क उठाउँदै आएको नेपाल ट्रेड युनियन कांग्रेसले अव वार्षिक रु ४८ उठाउने भएको छ । सदस्यबाट उठाएको शुल्कको २० प्रतिशत सम्बन्धित आवद्ध संस्थामा पठाउने निर्णय भएको उपाध्यक्ष राईले बताउनुभयो । विधान संशोधनसँगै अब रोजगारदाता संस्थामा बसेका व्यक्ति नेपाल ट्रेड युनियनको सदस्य बन्न नपाउने भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको अग्रसरतामा कानून बनाई लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको सन्दर्भमा देखिएका समस्या सम्बोधन गर्न र सबै क्षेत्रमा सामाजिक सुरक्षा लागू गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ ।

सम्मेलनले काँग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा उल्लेखित स्थानीय तहमा श्रमिक पञ्जिकरण गर्ने, स्थानीय तहमा त्रिपक्षीय श्रम सल्लाहकार परिषद् बनाउने विषयलाई समेट्नु स्वागतयोग्य भएको जनाउँदै यसलाई कार्यान्वयनमा ल्याउन पार्टीसँग आह्वान गर्ने निर्णय गरेको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकको मताधिकार सुरक्षित गर्न वैदेशिक कार्यस्थलबाट नै मतदान गर्नेगरी आगामी संसदीय निर्वाचनबाट नै व्यवस्था गर्न निर्वाचन आयोगसँग विशेष अनुरोध गर्ने निर्णय सम्मेलनले गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले जानकारी दिनुभयो ।

सम्मेलनले श्रम निरीक्षण तथा नियमनलाई प्रभावकारी बनाउन श्रम प्रशासनको क्षमता वृद्धि र विस्तारको लागि आवश्यक स्रोत साधनको व्यवस्थाको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने बताएको छ । सम्मेलनले मूल्यवृद्धि नियन्त्रणका लागि उच्वस्तरीय संयन्त्र बनाइ नियन्त्रणका उपाय अपनाउन र बजारको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन तथा बजेटमा भनेझैँ तत्काल श्रमजीविलाई खाद्य सहुलियत परिचपत्र (रासन कार्ड) उपलब्ध गराउन विशेष पहल गर्ने बताएको छ ।

यस्तै, सम्मेलनले हाल सरकारले २५ वटा क्षेत्रलाई आवश्यक सेवा ऐन, अन्र्तगत हडताल गर्न नपाउने गरी बन्देज लगाएको भन्दै उक्त नियम नेपालको अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता विपरित रहेको भन्दै निर्णय फिर्ता लिन मागसमेत गरेको छ ।

बैठकले २३ बुँदे विशेष प्रस्ताव पास गर्नुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा र कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि १९० को बारेमा छलफल भएको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको उक्त राष्ट्रिय सम्मेलनको दोस्रो दिनको बन्दसत्रमा महासचिवले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.