असार १५, चितवन। केही दिनदेखि परेको अविरल बर्षासगै आएको बाढिले नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । विजयीत्रिवेणी गाँउपालिका १ स्थित खहरे खोला,मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो ।
विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


