• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

  •   शनिबार, असार २५, २०७९ मा प्रकाशित

असार २५ ,काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ । त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र सरकारलेसमेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिकरुपमा तयारी सुरु गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिकरुपमा सबै खालको तयारी गर्ने निर्णय आजको बैठकले गरेको छ ।

यस्तै आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्नेगरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

अन्तर्घातको छानविन गर्न समिति

स्थायी समितिको बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानविनका लागि एक समिति गठन गरेको छ । अनुशासन आयोगका संयोजक टङ्क राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको छानविन समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

सो समितिले ७५३ वटै स्थानीय तहको निर्वाचनका क्रममा भएका गतिविधिका बारेमा एकमुष्ठरुपमा छानविन गर्नेछ । समितिले दिने प्रतिवेदनका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने माओवादी केन्द्रको तयारी छ ।

अखिल(क्रान्तिकारी)को समस्या समाधानका लागि समिति

त्यस्तै स्थायी समितिको बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि एक समिति गठन गरेको छ ।क्रान्तिकारीका पूर्वध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठन भएको समितिमा पूर्वध्यक्षहरुलाई सम्मिलित गराइएको छ । समितिमा नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी १५ दिनभित्र टुङ्गो लगाउने गरी तयारी गरिएको बताइएको छ ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.